झरना बचतको कारोबार ५८ करोड बढी

दिव्य रोशनी(धरान)/धरान ९ आचार्यलाईन स्थित झरना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८\०८९ मा ५८ करोड ८५ लाख ५७ हजार ९ सय १७ रुपैयाँको कारोवार गर्न सफल भएको छ।
सोमवार धरानको लाङ्घाली सामुदायिक वनको सभाहलमा आयोजित संस्थाको १२ औं वार्षिक साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष मान बहादुर मगरले सो कुरा बताएका हुन्। संस्थाले आर्थिक वर्ष २०७८\०८९ मा ७ करोड भन्दा बढी ब्याज आम्दामी गर्न सफल भएको उनले बताए। उनका अनुसार संस्थाले ७ करोड ४ लाख ९१ हजार ८ सय ३ रुपैयाँ ब्याज आम्दामी गरेकोमा ब्याज खर्च ४ करोड ८५ लाख ३१ हजार ४ सय ३२ रुपैयाँ रहेको छ। त्यस्तै अन्य संचालन आम्दामी ३० लाख ५९ हजार ३ सय ६३, कर्मचारी खर्च ९८ लाख २ हजार ६ सय ४६, कार्यालय संचालन खर्च ४६ लाख ४६ हजार ३ सय १८, अन्य वित्तिय खर्चहरु ६७ लाख ७६ हजार ५ सय ९९, ह्रासकट्टी खर्च ११ लाख ८८ हजार ३ सय २० रहेकोमा सम्पूर्ण आम्दामीमा सम्पूर्ण खर्च कटाउँदा कर्जा नोक्सानी र आयकर अघिको खुदमुनाफा २६ लाख ५ हजार ८ सय ४८ रुपैयाँ आर्जन गर्न सफल रहेको छ।


यसैगरी संस्थाको कुल शेयर रकम ३ करोड १८ लाख ४५ हजार ३ सय रहेको छभने आव २०७८\०७९ मा ४४ करोड १४ हजार ९ सय ९२ रुपैयाँ निक्षेप संकलन गरेको छ। त्यस्तै संस्थाले आ.ब. २०७८\०७९ को अन्त्य सम्ममा ४७ करोड ३८ लाख ५४ हजार ६ सय ७३ रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ।
कार्यक्रममा झरना सहकारीले वर्षभरी गरेको कार्यको समेत विवरण पेश गरेको थियो। संस्थाले आफ्नो भावी र्काक्रम मार्फत् सदस्यतामा आधारित योजनाहरु अघि सारेको छ। जसमा १ घर १ सदस्य अनिवार्य र १ सदस्यबाट वर्षभरीमा कम्तिमा ३ जना नयाँ सदस्य प्रस्ताव गर्ने अभियान चलाईने, वार्षिक रुपमा थप शेयर वृद्धि योजनालाई विशेष प्रथामिता दिईने, सहकारी एकिकरण नीतिलाई प्राथमिकतामा राखिने र शेयर सदस्यहरुलाई सहकारी शिक्षा र वित्तिय साक्षरता सम्बन्धि तालिम दिईने उल्लखेख छ।
त्यस्तै संस्थाले प्रतिस्पर्धात्मक बजारलाई ध्यानमा राखी सदस्यहरुलाई चुस्त दुरुस्त र सहज ढंगबाट सेवा प्रवाह गर्नका लागि आधुनिक बैंकिङ सफ्टवेयर, मोवाईल बैकिङ सेवा, एसएमएस बैंकिङ सेवा, एटिएम सेवा, क्युआर कोट सेवा, सिसिटिभीको व्यवस्था र ईहाजिरीको व्यवस्था गरेको समेत जनाएको छ।


कार्यक्रममा संस्थालाई सहयोग पुर्याउने कर्मचारी, उत्कृष्ट निक्षेप कर्ता, उत्कृष्ट ऋणीहरुलाई सम्मानपत्रले सम्मान समेत गरिएको थियो।
जिल्ला बचत संघ सुनसरीका अध्यक्ष शिवराज श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा संस्थाका उपाध्यक्ष मानवीर मगरले स्वागत मन्तव्य व्यक्त गरेका थिएभने सो कार्यक्रम संस्थाका अध्यक्ष मान बहादुर मगरको अध्यक्षतामा सम्पन्न भएको थियो।

7 thoughts on “झरना बचतको कारोबार ५८ करोड बढी

टिप्पणीहरू are closed.