गीलु रातोसको कविता कृति सिलीदुङ विमर्श कार्यक्रम

दिव्य रोशनी (धरान)/कलरव धरानद्वारा कवि गीलु रातोसको कविता कृति सिलीदुङ विमर्श कार्यक्रम फागुन १९ गते धरानमा सम्पन्न भएको छ।
धरान १२ स्थित होटल स्टार पुर्वीमा आयोजित उक्त विमर्श कार्यक्रमका वक्ताहरु कवयित्री कुन्ता शर्मा, साहित्यकार तथा पत्रकार जनकऋषि राई रहेका थिए।


अग्रज पत्रकार हर्ष सुब्बाले नेपाली साहित्यलाई बुर्जुवा साहित्य पनि भन्ने गरेको बताउँदै सिलीदुङ कविता संग्रह कुन धारमा पर्छ भन्ने जिज्ञासामा कवयित्री शर्माले कवितामा विचार, शैलीको हिसाबले शुद्ध, संसारलाई हेर्ने दृष्टिकोण, पीडितहरुलाई हेर्ने दृष्टिकोण समेत हुनुपर्ने बताउँदै यस कविता संग्रह जीवन्त रहेको बताईन्। साथै उनले यस कविता संग्रहमा जनयुद्ध, समय नपुगी स्खलित भएको पारिवारीक ह्दय विदारक सपना भएको बताउँदै यो किताब प्रगतीशील भएको बताईन्।


अर्का वक्ता जनकऋषि राईले अझपनि भाषिक शुद्धतालाई राज्यले अस्वीकार गरेको बताउँदै झर्रा शब्दहरुलाई पनि राज्यले स्वीकार गर्नुपर्ने बताए। उनले भने –“केही जातिले बोकालाई पोका र पोकालाई बोका भनि उच्चारण गर्ने छ।”
कवि गीलु रातोस समेतको उपस्थिति रहेको कार्यक्रमको सहजकर्ता कवि अमित थेवे रहेका थिए। सो कार्यक्रम कवि बम देवानको अध्यक्षतामा सम्पन्न भएको थियो।