सुरक्षा समिति र संचारकर्मी बीच अन्तरकृया

दिव्य रोशनी(इनरुवा)/ जिल्ला प्रशासन कार्यालय सुनसरीमा सुरक्षा समिति र संचारकर्मी बीच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
बुधवार प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा जिल्ला सुरक्षा समिति तथा संचारकर्मीका बीचमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो । संचारकर्मीहरुले सीमासुरक्षा, लागु औषध दुव्र्यसन र ओसारपसार तथा शान्ती सुरक्षाका विषयमा सवाल राखेका थिए भने समितिका तर्फबाट प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र प्रहरी उपरीक्षक विपिन रेग्मीले जवाफ दिनुहुदै शान्ती सुरक्षा आफूहरुको पहिलो प्राथमिकता भएको बताएका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अमर खड्काले संचारकर्मीहरुलाई सहज रुपमा सूचना उपलब्ध गराउन आग्रह गरेका थिएभने महासंघका सुनसरी उपाध्यक्ष गणेश निरौलाले एकद्धार प्रणालीबाट सूचना आदानप्रदान गर्नुपर्ने सुझाव दिएका थिए।