दलित विपन्न परिवारका २८ बालबालिकालाइ स्विटर वितरण

दिव्य रोशनी(इनरुवा)/ सुनसरीको इनरुवा नगरपालिका ६ मधेसा निवासी सुदिप सुवेदीले बुवा स्वर्गिय दुर्गाप्रसाद सुवेदीको सम्झनामा सरस्वती माध्यमिक विद्यालय इनरुवा ९ बबियाका २८ बालबालिकालाई स्विटर वितरण गरेका छन्।
समाजसेवी सुदिप सुवेदीले आमा शारदा सुवेदीको आग्रहमा बुवा स्वर्गिय दुर्गाप्रसाद सुवेदीको सम्झनामा सरस्वती माध्यमिक विद्यालयका कक्षा १ देखी ५ सम्मका सिमान्तकृत र दलित विपन्न परिवारका २८ बालबालिकालाई स्विटर वितरण गरेको बताए। उनले जाडोको बेला केही बालबालिकाहरुलाई जाडोबाट बच्न न्यानोका लागि स्विटर वितरण गरेको समेत बताए । सुवेदीले अगामि दिनहरुमा समेत विपन्न, दलित र सिमान्तकृत समुदायका लागि सेवा गर्ने प्रतिवद्धता समेत जनाए।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयकृष्ण यादवले सहयोग गर्नुहुने सुवेदी परिवारप्रति हार्दिक धन्यवाद दिएका थिए। कार्यक्रममा मानव अधिकार सञ्जाल सुनसरीका अध्यक्ष रमेश भट्टराई, प्रअ तेजनारायण यादव लगायत विद्यालयका शिक्षकहरुको उपस्थिती रहेको थियो।