धरान एक्स्पोमा आज पूर्ण राईको प्रस्तुती रहने

दिव्य रोशनी (धरान)÷ सुनसरी उद्योग वाणिज्य संघद्वारा आयोजित धरान एक्स्पोमा आज पूर्ण राईको धमाकेदार प्रस्तुती रहने आयोजकले बताएको छ।
धरान एक्स्पोको एघारौं दिनमा आज पूर्णले धमाकेदार प्रस्तुती दिन लागेको संयोजक गोपाल श्रेष्ठले बताए। संयोजक श्रेष्ठका अनुसार पछिल्लो समय निकै रुचाइएको साङ्गीतिक समूह ‘पूर्ण राई एण्ड दाजु भाइ’ ले धरान एक्स्पोको एघारौं दिन अर्थात् फागुन २१ गते प्रस्तुती दिने भएका हुन् ।
पूर्ण राईले सन् २०१९ मा पहिलो गीत ‘म’ सार्वजनिक गर्दै पूर्ण राईले आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए। त्यस्तै उनको ‘कालो सेतो’, ‘धु्रव तारा’, ‘मनका कुरा’ लगायतका गीत चर्चित छन् ।
एक्स्पोमा उपभोक्ताहरुको हितलाई मध्य नजर गरि स्थानीय अग्र्यानिक खाद्यान्न उत्पादनहरुका साथै छिमेकी राष्ट्र पाकिस्तान र भारतको बंगला देशहरुबाट समेत ब्राण्डेड लुगाहरु जुत्ता, चप्पलहरु सर्वसुलभ मुल्यमा बिक्री वितरणका लागि राखिएको उवा संघका अध्यक्ष विजय श्रेष्ठले बताए।
एक्स्पोमा बेलुकी ४ बजेसम्म प्रवेश शुल्क निःशुल्क रहेको छ।