होप धरानको सहकार्यमा हरेराम किर्तन कुञ्जका वृद्ध आमाबुवाहरुलाई खाद्यान्न सहयोग

धरान( दिव्य रोशनी)/असहाय तथा विपन्न परिवारको मुहारमा खुशी ल्याउने उद्धेश्यले विभिन्न दाताहरु मार्फत् सहकार्य गरि सहयोग पुर्याउँदै आएको होप धरानले मंगलबार धरान १५ स्थित हरेराम किर्तन कुञ्जको आश्रममा बस्ने वृद्ध आमाबुवाहरुलाई टोपी, मोजा र खाद्यान्न सामाग्री वितरण गरेको छ।
असहाय तथा विपन्न परिवारको मुहार खुशी ल्याउने होप धरानको मुल उद्धेश्य रहेको संस्थापक अध्यक्ष निश्चलमोहन पलिखेले बताए। अध्यक्ष पलिखेका अनुसार दिवङ्गत आमा कुमारी लिम्बुको पुण्य स्मृतिमा छोरी बिना लिम्बुले ७ जना वृद्धा आमाहरुलाई एक एक थान पछ्यौरा, ४ जना वृद्धा बुवाहरुलाई टोपी, मोजा प्रदान गरिनुका साथै सबैलाई नुहाउने साबुन, चामल, न्युटेला, तेल, चना लगायतका खाद्यान्न सामाग्री प्रदान गरिनुको बताए।
असहाय आमालाई समेत खाद्यान्नः


केहीदिन अघि दिव्य रोशनी साप्ताहिक पत्रिकामा “आलुचप बेचेर गुजारा गर्दै” भन्ने शिर्षकको समाचार प्रकाशित भएपछि धरान १६ मा बस्ने एक ५८ वर्षिया वृद्ध असहाय आमा शान्तिराज भण्डारी समेतलाई १ बोरा चामल, तेल, न्युटेला, दाल लगायतका खाद्यान्न सामाग्री प्रदान गरिएको कुरा होप धरानका संस्थापक अध्यक्ष निश्चल मोहन पलिखेले बताए।

कार्यक्रमका प्रमुख अतिथी धरान १५ का वडाध्यक्ष नरेशकुमार इवारमले बिना सित्तैमा खर्च गर्नुभन्दा असहायहरुलाई सहयोग गर्नु असाध्यै सेवाको काम भएको बताए । अध्यक्ष इवारमले होप धरानको कार्य प्रशनीय रहेकोमा खुशी समेत व्यक्त गरे । साथै उनले बिना सित्तैमा गरिने खर्च कटौती गरि अरुले पनि होप धरानसँग सहकार्य गरि असहायहरुलाई सहयोग गर्नु उत्तम हुने समेत बताए। यस्तो कार्यमा सेवा गर्दा वृद्धवृद्धा बुवाआमाहरुबाट आशिर्वाद पाईने समेत बताउँदै अध्यक्ष इवारमले यस्ता सामाजिक सेवातर्फ लाग्न समेत सबैलाई आग्रह गरे।

यसअघिपनि होप धरानले कोरोना महामारीमा बिरामीको घरघरमा पुगेर निःशुल्क रुपमा अक्सिजन र खाद्यान्न सामाग्री सहयोग गरिसकेको छ।
अध्यक्ष पलिखेले समाजमा दुःख पाएकाहरूलाई आफुहरुले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे। साथै उनले दिनको एक रुपैयाँ सङ्कलन अभियानमार्फत त्यसको ब्याजले विपन्न परिवारका पाँचवटा बालआश्रम, र पढ्न नसकेका बालबालिकालाई शैक्षिक सामाग्रीसँगै स्कुल पढाईरहेको जानकारी दिए।
हरेराम किर्तन कुञ्ज व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ सुवेदीले होप धरानद्धारा असहाय वृद्धवृद्धा आमाबुवाहरुलाई सहयोग पुरयाएकोमा खुशी व्यक्त गरे।