ल्होछारमा कांग्रेसको सांस्कृतिक कार्यक्रम

सोनाम ल्होछार, ग्याल्पो लोसार र ज्यालो लोसारको अवसरमा नेपाली कांग्रेसले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीले क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा तथा प्रदेहश स्वास्थ्यमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिपकुमार सुनुवारको प्रमुख आतित्थ्यमा सोनामा ल्होछार–२८६०, ग्याल्पो लोसार–२१५१ तथा ज्यालो लोसार–२८६० को अवसरमा धरानमा कार्यक्रम गरेको हो ।
क्षेत्रीय सभापति तामाङले हाम्रो देश वहुभाषिक, वहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय भएको र नेपाली कांग्रेसको नेतृत्वमा वनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान, २०७२ ले यो विविधतालाई अपनत्व गरेको तथा पाटीमा समेत सबै जाति र धर्म समुदायकाहरु सदस्य रहेको भन्दै हरेक जातजाति, भाषाभाषी र धर्मावलम्वीहरुको मौलिक एवम् परम्परागत सांस्कृतिक एवम् धार्मिक चाडपर्वहरुलाई दशैं र तिहार जस्तै मनाउने संस्कृति र परम्परा शुरुवात गरेर नेपाली कांग्रेसले सबैको संस्कार, संस्कृति र धर्मलाई सम्मान गरेको बताए । उनले यो कुनै राजनीति गरेको नभई कर्तव्य पूरा गरेको प्रष्ट्याए ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री सुनुवारले विभिन्न जातजातिको मौलिक पर्वहरुका अवसरमा शुभकामना आदान(प्रदान, सांस्कृतिक र चियापान जस्ता कार्यक्रम गरेर सुनसरी १ नं. क्षेत्रीय कार्यसमितिले सामाजिक सद्भाव वृद्धि गरेको वताए । उनले पहिचानका लागि संघर्षरत पक्षसंग सकरात्मक रुपमा वार्ता अघि बढेको भन्दै नेपाली कांग्रेस सदैव हरेक समुदायको ऐतिहासिक पहिचानका पक्षमा रहेको बताए ।


नेपाली कांग्रेसका प्रदेश महामन्त्री उमेश थापाले जितिया, क्रिसमस, उधौली, चासोक तङ्नाम, साकेला, साकेवा, भुजेली पर्व, माघी, सार ल्हेस मनाउंदै फेरी सोनाम ल्होछार, ग्याल्पो लोसार र ज्यालो लोसार पनि भव्य रुपले मनाएर क्षेत्रीय समितिले प्रशंसनीय कार्य गरेको बताए ।
त्यस्तै जिल्ला सचिव माधव घिसिङले हरेक जातजाति र समुदायको महत्वपूर्ण पर्वहरुका अवसरमा गर्ने यस्ता कार्यक्रमले कांग्रेसलाई समुदायसंग जोडेको बताउंदै पाटीका मन्त्रीहरुले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा विशेष ध्यान दिनुपर्ने बताए ।


नेपाल तामाङ घेदुङका प्रदेश अध्यक्ष रेखबहादुर घिसिङले राजनीतिक पाटीले यसरी आप्mनो सोनाम ल्होछार पर्व मनाएको पहिलो भएको भन्दै खुशी व्यक्त गरे । उनले आजवाट पाटीले बल्ल जातजाति समुदायको मौलिक चाडपर्व मनाउन थालेकोमा प्रशंसा गर्दै हिजोसम्म वीपीको समाजवादमा जितिया, क्रिसमस, उधौली, चासोक तङ्नाम, साकेला, साकेवा, भुजेली पर्व, माघी, सार ल्हेस, सोनाम ल्होछार, ग्याल्पो लोसार, ज्यालो लोसार, कोशी पूजा, यमरी पून्हे, कर्मा पूजा जस्ता नेपालको माटोमा सिर्जना भएका यी पर्वहरु परेको थिएन र ? भनि प्रश्न गर्दै सबैको पहिचानले राज्यमा स्थान पाउनुपर्ने बताए ।
शिङ्सा कल्याण केन्द्रका जिल्ला अध्यक्ष निमा पोङ्सुवाले नेपाली कांग्रेसले हरेक समुदायको चाडपर्व मनाएर सांच्चिकै लोकतान्त्रिक पाटी भएको पुष्टि गरेको बताए । उनले विगतमा राष्टूपति र प्रधानमन्त्रीवाट एउटा शुभकामना समेत नदिने गरेको तितो इतिहास सम्झदै आप्mनो जाति भित्रमात्र मनाउदै आएकोमा अहिले आएर कांग्रेस पाटीले नै भव्य रुपले मनाई दिएकोमा हर्षित भएको बताए ।
नेपाल शेर्पा संघका नगर सदस्य मिङ्मा शेर्पाले राजनीतिक पार्टीस्तरवाट आप्mनो समुदायलाई समेत बोलाएर आप्mनो ग्याल्पो लोसार मनाईदिएकोमा कांग्रेसलाई धन्यवाद दिंदै शुभकामना व्यक्त गरे।
कार्यक्रममा प्रदेश सांसद ममता तामाङ, पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बा, पूर्व नगर प्रमुख तिलक राई, राष्टिूयसभा सदस्यका प्रत्यासी मिना पुलामी, प्रदेश सदस्य लभराज अधिकारी, नगर सभापति श्याम पोखरेल, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यद्धय दोर्ची शेर्पा र संगिता वाहिङ, नेपाल तरुण दलका केन्द्रीय सदस्य प्रेम राई, नेपाल तामाङ घेदुङका जिल्ल सचिव मंगलसिंह मोक्तान, नगर अध्यक्ष सपन योञ्जन, नेपाल तामाङ महिला घेदुङका जिल्ला अध्यक्ष विष्णु मोक्तान, नगर अध्यक्ष गोमा गोले, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि चित्रकुमारी र ललिता अधिकारी शर्मा, जिल्ला सदस्यहरु अनुपमा सुनुवार, प्रदिप बस्नेत, रत्न रिमाल, वडा अध्यक्ष नरेन्द्रकुमार राई(प्रविन) र यज्ञमणि आचार्य, नेपाल दलित संघका प्रदेश सभापति गोविन्द दर्नाल, प्रदेश १(१) का कोषाध्यक्ष रविना सुब्बा गुरुङ, सहसचिव रमिता श्रेष्ठ, तामाङ एशोसिएसन धरानका अध्यक्ष सिताराम वल, ओखलढुङ्खे सेवा समाजका अध्यक्ष दिलबहादुर गोले लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रमको व्यवस्थापन तथा समन्वय क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, क्षेत्रीय सदस्यहरु श्याम सुब्बा, शिखा चेम्जोङ, कमला श्रेष्ठ र लोकमणि शर्माले गरेका थिए भने सञ्चालन क्षेत्रीय सचिव महेन्द्र प्रधान र क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले गरेका थिए ।
कार्यक्रममा तामाङ, शेर्पा र शिङ्सावा भोटे जातिको विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।