धरानमा खानेपानी सहज बनाउन सर्दु र खर्दुको मुहान मर्मत गरिने

दिव्य रोशनी(धरान)/ धरानमा खानेपानी सहज बनाउनका लागि खानेपानीको मुख्य स्रोत सर्दु र खर्दुको मुहान मर्मत गरिने भएको छ।
खानेपानीको उत्पादन बढाउनका लागि सर्दु र खर्दुको मुहान मर्मत गर्न लागिएको हो । अहिले सर्दु र खर्दुमा पानीको स्रोत कम र चुहावट समेत रहेकोले मुहान आसपासका क्षेत्रमा चुहावट बन्द गर्नका लागि मर्मत गर्न लागिएको खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ ।
धरान खानेपानी व्यवस्थापन बोर्डका ईञ्जिनियर प्रशान्त अधिकारीले नगर प्रमुख तिलक राईको नेतृत्वमा सर्दु र खर्दुको मुहानहरु मर्मत गर्नका लागि निरिक्षण गरिएको जानकारी दिए । उनका अनुसार शनिबार र आईतबार सर्दु र खर्दुको मुहान निरिक्षण गरिएको हो । धरानको मुख्य खानेपानीको स्रोत सर्दु र खर्दु पनि रहेकाले सर्दु र खर्दुको मुहानहरु मर्मत गर्नका लागि नगर प्रमुख को नेतृत्वमा आपगाँछीदेखि निरिक्षण गरेको ईञ्जिनियर अधिकारीले बताए। उनले खर्दुको मुहान आसपास क्षेत्रमा अनावश्यक मानिसहरु प्रवेश गर्ने भएका कारण फोहोर हुने गरेकोले बन्द गर्ने तयारीमा रहेको समेत जनाए।


यसैगरी धरान १३ स्थित विपि पार्कदेखि मास्थिर पट्टी जलाधार क्षेत्र रहेकोले उक्त स्थानमा मानिसहरुको चहलपहल बढेको हुनाले जान रोक लगाउने बताए। उनले सर्दुमा पनि निकै काम गर्नुपर्ने बताउदै सफा खानेपानी ल्याउनका मर्मत कार्यहरु गर्नुपर्ने बताए। उनले भने “ हामिले केही प्रोटेक्सन वर्कहरु गर्नुपर्नेछ, अलिकति च्याम्बर बनाउनुपर्नेछ, त्यो बनाईयो भने बर्खाको बेलामा पनि पानी ल्याएर सहज तरिकाले चलाउन सकिनेछ।”
यता खर्दुमा पहिरोका कारण खानेपानीको पाइप नै बगाएर लग्ने स्थिति रहेको त्यसलाई वाल बनाएर पहिरो रोक्ने ईञ्जिनियर प्रशान्त अधिकारीले बताए। यसैगरी सर्दुको फोहोर व्यवस्थापन तथा मर्मत कार्य एक महिनाभित्रमा सकिने भएको छ । खर्दुको विषयमा सुचना निकालेर टेण्डर प्रक्रिया अगाडी बढाउने बताउँदै ईञ्जिनियर अधिकारीले सकेसम्म काम चाडै सुचारु गर्ने जानकारी दिए।

917 thoughts on “धरानमा खानेपानी सहज बनाउन सर्दु र खर्दुको मुहान मर्मत गरिने

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *