धरानमा “फूलपाती हिपहप फेस्टु” हुने

दिव्य रोशनी(धरान)/ द फ्लो फ्याक्ट्रीको आयोजनामा धरानमा फूलपाती हिपहप फेस्टु क्रु हुने भएको छ ।
आयोजक “द फ्लो फ्याक्ट्री” द्धारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो कुराकोे जानकारी दिएको हो। एक महिना अगाडी मात्र स्थापना भएको “द फ्लो फ्याक्ट्री” ले धरान ५ स्थित भिन्टेज फेम्ली रिसोर्टमा “हिपहप फेस्टु”को आयोजना गर्न लागेको हो। “हिपहप फेस्टु” मा गंगा वरदान, निर्णय एनएस के ,सुनिता ल्यामगड, सिद्द वाग्ले, कवि जि, योङ हस्लर, सिड वाग्ले, एम पोइन्ट, विश्वदीप, राइम फ्रेक लगायतका कलाकारहरुले प्रस्तुती दिने भएका छन्। कार्यक्रममा डि जे डब्लु डि सरल उदासको पनि बेजोड प्रस्तुति हुने “द फ्लो फ्याक्ट्री” का प्रोड्युसर सागर क्षेत्री बताए।
फेस्ट्मा कल्चरल थेमुसहित बी बोइङ, बि गर्लिङ, बिटबक्स, ग्राफिटी आर्ट, ब्रेकिङ लगायतका हिपहपका जनराहरु प्रस्तुती साथै डान्ससहित हिपहपका २० बढी प्रस्तुति हुने संस्थाका फाउन्डर तथा डिजे डबल–बी सरल उदासले बताए। उनले धरानमा साझ ९ बज्न साथ होटल तथा रेस्टुरेन्ट बन्द गर्नु पर्ने बाध्यताले डिजे र हिपहप कलाकारहरुले आफ्ना कलाहरु लुकाउनु परेको बताए।
हिपहपमा केही नयाँ काम गर्ने अठोटका साथ धराने ६ जना युवाको समुह मिलेर “द फ्लो फ्याक्ट्री” संस्था स्थापना भएको छ । जसमा सागर छेत्री, क्षितिज राई, आयुष राई, विश्वदीप बज्राचार्य, मनिष गुरुङ र ब्राइन्ड श्रेष्ठ “द फ्लो फ्याक्ट्री” का सद्स्यहरु हुन ।
फुलपातिको दिन हुने फेस्ट्मा टिकटदर सिंगल टिकट ३ सय , कपल ५ सय र भिआइपी १ हजार रहेको आयोजकले जनाएको छ।