लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा महिला संजालद्धारा वक्तृत्वकला संगै अन्र्तक्रिया

दिव्य रोशनी(धरान)/ महिला संजाल धरानले वक्तृत्वकला साथै अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनको अवसरमा संजालले आईतवार अन्तरसरकारी तथा सामुदायिक उच्च मा.वि. र कलेजस्तरीय छात्राबिच वक्तृत्वकला प्रतियोगिताका साथै अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रमको पहिलो चरणमा आयोजना गरिएको “लैङ्गिक हिंसा न्यूनीकरणमा युवाको भूमिका” शीर्षकको वक्तृत्वकला प्रतियोगितामा पब्लिक हाईस्कुलकी कञ्चन खतिवडा प्रथम भएकी छिन्। उनले नगद ७ हजार रुपैयाँ सहित प्रमाणपत्र पाइन् ।


यसैगरी प्रतियोगितामा शारदा बालिका नमुना मा.वि.की अनुष्का राई दोस्रो, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसकी युनिका गौतम तेस्रो बनिन्। उनिहरुले नगद ५ हजार र ३ हजार सहित प्रमाणपत्र पाएका थिए। यसैगरी सरस्वती मा.वि. पानबारीकी विपना मगराती सान्त्वना भईन्। उनीले नगद २ हजार रुपैयाँसहित प्रमाण–पत्र पाइन् । उनिहरुहरूलाई कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघा, महिला सञ्जाल धरान अध्यक्ष सपना राई, महिला अधिकारकर्मी चेतना श्रेङलगायतले पुरस्कार वितरण गरेका थिए ।प्रतियोगिताका निर्णायकका रूपमा महिला सञ्जाल धरानका सल्लाहकार सुनिल नेपाल, महेन्द्र बहुमुखी क्याम्पसकी उप–प्राध्यापक डा. अस्मिता विष्ट र पत्रकार भोजराज श्रेष्ठ रहेका थिए।


कार्यक्रममा प्रमुख अतिथी उपप्रमुख बेघाले ईतिहासलाई फर्केर हेर्दा नेपालमा लैङ्गिक हिंसा चरमरुपमा रहेपनि अहिलेको संघिय लोकतान्त्रिक गणतन्त्रको समयमा पनि अझै मुक्त हुन नसकेको बताए। उनले लैंगिक हिंसालाई जरैबाट उखेल्न जनतामा अझ जनचेतना पुग्नुपर्ने बताए। निर्णायकहरुको तर्फबाट मन्तव्य व्यक्त गर्दै उप–प्राध्यापक डा. अस्मिता विष्टले प्रतियोगितामा सहभागीको प्रस्तुतीकरण, तार्किकशैली र विषयवस्तुको स्पष्टतालाई मध्यनजर गरी अंक प्रदान गरिएको बताईन्। उनिले आगामी दिनहरुमा संजालले महिला प्रतियोगिहरुलाई मात्र नभई पुरुष प्रतियोगिहरुलाई पनि समावेश गर्न आग्रह गरिन्। यसैगरी कार्यक्रममा राजनीतिक दलहरुको तर्फबाट नेकपा एमाले धरान नगर अध्यक्ष हर्कजंग एभेङ, नेपाल रेडक्रस सोसाईटी सुनसरीका सभापति उमेश थापा, महिला संजाल धरानकी पूर्व अध्यक्ष मिना पुलामी, संजालका निवर्तमान अध्यक्ष तथा आप्रावासी कामदार महिला समूह(आमकास) का जिल्ला अध्यक्ष चेतना श्रेङ लगायतले लैंगिक हिंसा न्यूनिकरणका लागी सबैले आफ्नो घरबाटै शुरुवात गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।


संजालका अध्यक्ष सपना राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमलाई सचिव ईन्द्रकला राईले संचालन गरेकि थिईन्।कार्यक्रममा महिला सञ्जालका पूर्वअध्यक्ष शीला बज्राचार्य, सविता राई, कार्यपालिका सदस्य सिर्जना नेपाल लगायतको उपस्थिति रहेको थियो।

One thought on “लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा महिला संजालद्धारा वक्तृत्वकला संगै अन्र्तक्रिया

टिप्पणीहरू are closed.