परागको आम्दामी ४ लाख बढी

दिव्य रोशनी(धरान)/धरान ९ स्थित पुतलीलाईनमा रहेको पराग बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७९/०८०मा ४ लाख ९५ हजार ४ सय ४६ रुपैयाँ आम्दामी गरेको छ।
शनिवार सम्पन्न संस्थाको ११ आंै साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष लीला प्रधानले आर्थिकवर्ष २०७९/०८० मा संस्थाले कुल ४ लाख९५ हजार ४ सय ४६ रुपैया आम्दामी गरेको बताए। उनले आर्थिकवर्ष २०७९/०८० मा विभिन्न सदस्य वा शिर्षकहरुबाट ११ लाख ७४ हजार ५ सय १७ रुपैया पाउनुपर्ने हिसाव देखिएको समेत बताए। उनका अनुसार आर्थिक वर्ष २०७९/०८० सम्ममा संस्थाको कुल सम्पत्ति १ करोड १५ लाख ५५ हजार १ सय ८७ रुपैया रहेको छभने संस्थाको कुल शेयर पुँजी २५ लाख ४७ हजार १ सय रुपैयाँ रहेको छ । यसैगरी निक्षेप मौज्दात ८४ लाख ६९ हजार ३ सय २० रुपैया रहेको छभने संस्थाले आर्थिकवर्ष २०७९/०८० मा ३१ लाख ४९ हजार ३ सय २रुपैया कर्जा लगानी गरेको छ।
साधारणसभामा संस्थाका बजारप्रतिनिधीहरुलाई सम्मन समेत गरिएको थियो। सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथी जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठ, विशेष अतिथी संघका कोषाध्यष लक्ष्मी प्रधान लगायतले सम्मान गरेका थिए।
संस्थाका सदस्य छबिलाल बिष्टको स्वागत मन्तव्य रहेको सो साधारणसभालाई दुर्गा प्रसाद रिमालले संचालन गरेका थिए । (दिव्य रोशनी साप्ताहिकबाट)