जाजरकोट भुकम्प पिडितहरुको सहयोगार्थ खेलिएको देउसी भैलोमा ५ लाख बढी नगद संकलन

दिव्य रोशनी(धरान)/ जाजरकोट भुकम्प पिडितहरुको सहयोगार्थ धरानमा खेलिएको देउसी भैलोमा ५ लाख बढी नगद संकलन भएको छ।
स्वतन्त्र नागरिक समाज धरानको आयोजना तथा मेयर हर्क साम्पाङको प्रमुख आतिथ्यतामा शनिवार भएको देउसी भैलो समापन सम्म आइपुग्दा ५ लाख बढी नगद संकलन गरिएको हो। नेपालीहरुको दोस्रो ठुलो चाँड तिहारको अवसरमा जाजरकोटका भुकम्प पिडितहरुको सहयोगार्थ देउसी भैलो कार्यक्रमको आयोजना गरिएको थियो। शनिवार स्वतन्त्र नागरिक समाजले बनाएको धरान २० स्थित पार्कमा देउसी भौलो कार्यक्रमको समापन गरिएको थियो। देउसी भैलो समापन कार्यक्रममा थप रौनकता दिन पहिलो नेपाली ताराका विजेता दिपक लिम्बु, पूर्वाञ्चल लिम्बु आईडलका विजेता कन्चन थलङ लगायतले आफ्ना चर्चित गितहरु पस्केरदर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए। कार्यक्रममा सामुहिक नृत्यको समेत आयोजना गरिएको आयोजक संस्था स्वतन्त्र नागरिक समाज धरानका संयोजक दत्त लिम्बुले बताए। उनले जाजरकोट भुकम्प पिडितहरुको सहयोगार्थ खेलिएको देउसी भैलोमा ५ लाख बढी नगद संकलन भएको जनाए।(दिव्य रोशनी साप्ताहिकबाट)