उदाउँदो सूर्यलाई अर्घ दिएर छठपर्व सम्पन्न

दिव्य रोशनी(धरान)/ उदाउँदो सूर्यलाई अर्घ दिएपछि यस वर्षको छठपर्व सम्पन्न भएको छ ।
हिजो आईतवार अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिएका व्रतालुहरूले आज सोमवार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न भएको हो। छठपुजाका लागी धरानको सर्दु र सेउतीखोलामा विशेष साजसज्जका साथ घाटहरु तयार पारिएका थिए। छठपुजामा विगतका वर्षहरुमा भन्दा धेरै श्रद्धालुभक्तजनहरुको भिड थियो।


छठ पर्व प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीका दिन व्रत आरम्भ गरी सप्तमीको दिन पूरा गरिन्छ। छठमा विशेषगरी सूर्य र छठी माताको पूजा आराधना गर्ने परम्परा छ। विधिपूर्वक उपासना गर्नाले पारिवारिक सुख–समृद्धि प्राप्त हुने र छालाका रोग नास हुने विश्वास गरिन्छ।
विशेष गरी मिथिलाञ्चल क्षेत्रमा मनाइने यो पर्व पछिल्लो समय पहाडी क्षेत्रहरूमा पनि मनाउन थालिएको छ।