धरान १४ लाई ट्राईब्रेकरमा हराउदै धरान १६ गोधुली फुटबल रनिङ कपको सेमिफाईनलमा
दिव्य रोशनी(धरान)/ धरान १४ लाई ट्रईब्रेकरमा ४–२ ले हराउदै धरान १६ गोधुली फुटबल रनिङ कपको सेमिफाईनलमा प्रवेश गरेको छ।
धरान १६ स्थित धरान रंगशालामा भएको आईतवारको खेलको निर्धारित ९० मिनेटको समय सम्म धरान १४ र धरान १६ले २–२ गोलको बराबरीमा खेलेका थिए। खेलमा धरान १४ का विवेक राई र सरोज राईले गोल गरेका थिएभने धरान १६ को तर्फबाट सरोज लकान्द्री र लाकेन लिम्बुले गोल गरेका थिए। थप गरेको ३० मिनेटसम्म दुबैतर्फबाट गोल हुन नसकेपछि खेलको नतिजा ट्राईब्रेकरबाट लिईएको थियो। जसमा धरान १६ का मनिष बस्नेत, सरोज लकान्द्री, रोशन श्रेष्ठ र लाकेन लिम्बुले गोल गरेका थिएभने धरान १४ का तर्फबाट अविनास तामाङ र आशिष पुरीले मात्र गोल गरेका थिए। धरान १४ का सन्दिप राईको पेनाल्टी प्रहार बाहिरिएको थियोभने सरोज राईको प्रहार गोल किपरले रोकेका थिए। खेलको म्यान अफ द म्याच धरान १६ का गोलकिपर रितेश निरौला घोषित भए। उनलाई नगद २ हजार सहित मेडल पुरस्कार प्रदान गरिएको थियो।
भोली सोमवारको तेस्रो क्वाटर फाईनल खेल धरान ११ र १५ नं वडा बिच हुने आयोजक संस्था गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए।


प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको छ। प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार र उपबिजेताले नगद ७५ हजारका साथमा ट्रफि र प्रमाणपत्र पाउनेछन्भने बिजेता उपबिजेतालाई १८ न.ंं वडाका वडाध्यक्ष प्रविण राई र उनका बुवा ध्यानबहादुर राईले पनि थप २५/२५ हजार रुपैयाँ प्रदान गर्ने भएका छन्।
यसैगरी प्रतियोगितामा वेष्ट प्लेयर खेलाडीले नगद १५ हजार, हाईस्कोररले ७ हजार ५ सय, वेष्ट डिफेन्डर, म्यान अफ दि म्याच, वेष्ट गोलकिपर, वेष्ट कोच, वेष्ट स्ट्राईकर, राईजिङ प्लेयर र वेष्ट मिडफिल्डरले जनही नगद ५ हजार ५ सय प्राप्त गर्नेछन्।
यसैगरी प्रतियोगितामा शिर्ष आठ टिममा पर्न सफल धरान १, ५, ११, १४, १५, १६, १७ र २० ले उप–महानगरपालिकाले आयोजना गर्ने स्व. सुवास राई स्मृति सुपर ८ लिगमा सहभागिता जनाउन पाउनेछन्। प्रतियोगितामा हालसम्म धरान १९ नं. वडा सर्वाधिक ६ पटक विजयी भएको छभने ८ न.ं वडा ४ पटक र ११ र १७ नं. वडा ३/३ पटक विजयी बनिसकेको छ।
Pingback: weed for sale online
Pingback: kaws rocks | crumpets vape | guava gas strain |springfield farms carts | dmt vape uk | curepen legend og | mad river melts | buy dmt vape pen |kaws rocks weed | boutiq vapes |glo extracts | kaws weed | georgia pie strain
Pingback: หวยหุ้นอินเดีย คืออะไร ?
Pingback: flowing water sound
Pingback: 웹툰 사이트
Pingback: เว็บตรง แทงบอล Lsm99
Pingback: เว็บมวยราคาดีที่สุด
Pingback: พอตใช้แล้วทิ้ง
Pingback: บาคาร่า ออนไลน์
Pingback: คาเฟ่อารีย์
Pingback: harem77
Pingback: car body repair near me
Pingback: GRIMMS
Pingback: เล่นคาสิโนออนไลน์ กับเว็บพนัน lsm99play ดีที่สุดในไทย
Pingback: Weber Summit Kamado
Pingback: เว็บพนันออนไลน์เกาหลี
Pingback: pgslot168
Pingback: mepay168
Pingback: lucabet
Pingback: evolution gaming
Pingback: lsm99live มาทำความรู้จัก สล็อตบุญมี ทดลองเล่นฟรี