संखुवासभा बहुमुखी क्याम्पसको सञ्चालक समितिमा वीरेन्द्र

मोहन कुमार राई /संखुवासभा
संखुवासभा बहुमुखी क्याम्पस सभाले ९ सदस्यीय नयाँ क्याम्पस सञ्चालक समितिको चयन गरेको छ ।
क्याम्पस सञ्चालक समितिको अध्यक्षमा वीरेन्द्र केसी रहेका छन्भने सदस्यहरुमा खुल्ला तर्फ ज्ञान बहादुर कार्की, कुमारबाबु अधिकारी, लवकुमार श्रेष्ठ, मुक्तिनाथ गौतम, लाखमान तामाङ, खगेन्द्र अधिकारी र खुल्ला महिला तर्फ पदमकुमारी गुरुङ साथै पदेन महिला सदस्यमा एलिना श्रेष्ठ सहित ९ सदसीय सञ्चालक समितिको गठन गरेको हो । पदाधिकारीहरुको चयन सर्वसम्मत भएको क्याम्पस प्रमुख चुडाबहादुर कटुवाले जानकारी दिए। उनले पदेन सदस्य सहित १९ सदस्यीय समिति बन्ने समेत बताए ।
शनिवार क्याम्पस सभाको खुल्ला सत्र पश्चात ३ सदस्यीय निर्वाचन समितिले शनिवारै ३ वजे भित्र उमेद्वारीको नाम सूचिकृत गर्ने निर्णयानुसार समिति चयन प्रक्रिया अघि बढेको निर्वाचन समितिका संयोजक सूर्यबहादुर दाहाले जानकारी दिए । सूचिकृत नामावलीमाथि कुनै दावी विरोध नपरेपछि समिति चयनको नामवाली प्रकाशित गरेको संयोजक दाहालले वताए ।
सञ्चालक समितिको चयन जसरी सर्वसम्मत भएको छ यसरी नै क्याम्पसको उन्नती र प्रगतिमा सबैको मन मिल्नु पर्ने वताउदै चैनपुर नगरपालिका नगरप्रमुख कृष्ण कुमार तामाङले संखुवासभा बहुमुखी क्याम्पस जिल्लाकै जेठो क्याम्पस भएकाले क्याम्पसको भौतिक पूर्वाधार देखि शैक्षिक गतिविधि पनि जेठो बनाउनुपर्ने वताए । उनले विधान अनुसार यो सञ्चालक समितिको कार्यकाल ४ वर्ष रहने वताउँदै कार्यकाल सफलताको कामना समेत गरे ।
यसै गरी चयन भएका नया अध्यक्ष वीरेन्द्र केशीले आफ्नो कार्यकालमा क्याम्पसको हक हित, भौतिक शैक्षिक तथा आर्थिक रुममा भरपुर सहयोग पु¥याउनु प्रतिवद्धता जाहेर गरेका थिए । सभामा पूर्व अध्यक्ष उमेशकुमार डाँगी, सदस्य कुमारबाबु अधिकारी लगायतले वोलेका थिए।

6 thoughts on “संखुवासभा बहुमुखी क्याम्पसको सञ्चालक समितिमा वीरेन्द्र

टिप्पणीहरू are closed.