निर्वाचन सम्बन्धी सुनसरीका संचारकर्मीहरुलाई अभिमुखिकरण
दिव्य रोशनी(धरान)/ जिल्ला निर्वाचन कार्यालय सुनसरीले निर्वाचन सम्बन्धि मिडिया अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ।
शनिवार ईनरुवामा भएको कार्यक्रममा सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले निर्वाचनको तयारीको अन्तिम चरमा रहेकोले निर्वाचनलाई स्वच्छ, निश्पक्ष, शान्तीपूर्ण र भयरहित वतावरणमा सम्पन्न गर्न सञ्चार माध्यम तथा पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको बताए। उनले निर्वाचनमा सञ्चार माध्यम तथा पत्रकारहरुले निर्वाचन आचार संहिता प्रभावकारी रुपमा पालना गर्नुपर्ने र अरु कोहि कसैले पालना गरे वा नगरेको अनुगमनका साथै कसैले उल्लंघन गरेको पाइएको खण्डमा खबदारी गर्न पनि आग्रह गरे।
यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अमर खड्काले कार्यक्रममा सहजिकरण गर्दै निर्वाचनमा सञ्चार माध्यम तथा पत्रकारहरुले कुनै पनि व्यक्ति वा दलको पक्ष बिपक्ष नलिई निश्पक्ष तरिकाले समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए। त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले निर्वाचनमा मिडियाले मतदाता शिक्षा र यर्थाथपरक सुचनाहरु सम्प्रेषण गर्नुपर्ने बताए।
कार्यक्रममा जिल्ला निर्वाचन क्षेत्र नं १ निर्वाचन अधिकृत रुद्र प्रसाद अर्याल, क्षेत्र नं २ का निर्वाचन अधिकृत एकराज अधिकारी, क्षेत्र नं ३ का निर्वाचन अधिकृत उमाकान्त पौडेल र क्षेत्र न. ४ का निर्वाचन अधिकृत अर्जुन अधिकारी, निर्वाचन अधिकारी कृष्ण पौडेल, पत्रकार महासंघ जिल्ला शाखा उपाध्यक्ष गणेश निरौला, प्रदेश सचिव सन्तोश यादव, महासघंका केन्द्रिय सदस्य इकवाल अहमद, लगायत सुनसरीका ३० जना संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

Pingback: Altman Greenfield and Selvaggi
Pingback: blotter paper for sale