धरानं १ नं वडाको मतगणना सकियो ः राप्रपाको हलो अगाडी
दिव्य रोशनी (धरान)/ धरान ८ स्थित सभागृहमा सुनसरी क्षेत्र नं १ को मतगणना कार्य अहिले भईरहेको छ ।
अहिले रातको साढे ९ बजे सम्ममा धरान १ नं वडाको प्रतिनिधिसभा र प्रदेससभा प्रत्यक्षतर्फको मतगणना कार्य सकिएको छ। जसमा राप्रपाको हलो अगाडी रहेको छ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार अहिले वडा नं १ को मतगणना सकिएको छ । जसमा प्रतिनिधिसभातर्फ राप्रपाको चुनाव चिन्ह हलोले ४६३ मत पाएको छभने खरायो(मनोज मेन्याङवो)ले ४२५, घण्टी(गोमा तामाङ)ले ३२५, नेकपा माओवादीको चिन्ह हसिया हथौडा (मुक्साहाङ मेन्याङवो)ले २५६, जसपाको चुनाव चिन्ह छाता(अशोक राइ) ले ७०, सुर्यमुखी फुलले ६८, घन्टाघर(कुमार कार्की)ले ७०, पानीको जारले ३३, लाउड स्पीकरले १४, भालेले ३, क्रस खुकुरीले ३, सेलरोटीले ५, चापाकलले २, दाप सहितको खुकुरीले ४, ढाका टोपीले २, पानीको फिल्टरले २ र ताराले २ मत ल्याएका छन्।
त्यसैगरी निर्वाचन क्षेत्र नं १ कै प्रदेश सभा (क) प्रत्यक्षतर्फको पनि मतगणना सकिएको छ। जस अनुसार राप्रपाको हलो चिन्ह नै अगाडी आएको छ। जसमा राप्रपा हलोले ९७१ मत पाएको छभने नेपाली काग्रेसको रुख ५१२,नेकपा एमालेको सुर्य १७०, लालटिन ६३, लौरोले ३०, पानीको धाराले १९, हजारी चिन्हले ९, दाप सहितको खुकुरीले ८, तिरले ६, ढाका टोपीले २, जिपले २ र डल्फिनले १ मत पाएका छन्।
निर्वाचन आयोगका अनुसार धरानको १ नं वडामा ३ हजार ९ सय ९७ मतदाता संख्या रहेकोमा १ हजार ८ सय २७ मत खसेको थियो।
Pingback: 2supplies