सुनसरी क्षेत्र नं १ को मतगणना शुरुः प्रारम्भिक चरणमा राप्रपाको हलो अगाडी

दिव्य रोशनी (धरान)/ धरान ८ स्थित सभागृहमा सुनसरी क्षेत्र नं १ को मतगणना कार्य शुरु भएको छ ।
सोमवार विहान ९ बजेको सर्वपक्षीय बैठकले दिउँसो १ बजेदेखि मतगणना शुरु गर्ने निर्णय गरेपनि बेलुकी ४ बजेदेखि मात्र गणना कार्य शुरु भएको हो । अहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना कार्य शुरु भएको छ भने प्रदेशसभाको गणना पनि भइरहेको छ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार अहिले वडा नं १ को मतगणना शुरु गरिएको छ । प्रतिनिधिसभा तर्फको साँझ ८ बजे सम्म १३०० मतगणना गर्दा राप्रपा अगाडी देखिएको छ। जसमा राप्रपाको चुनाव चिन्ह हलोले ३३४ मत पाएको छभने खरायो(मनोज मेन्याङवो)ले ३२०, घण्टी(गोमा तामाङ)ले २४८, नेकपा माओवादीको चिन्ह हसिया हथौडा (मुक्साहाङ मेन्याङवो)ले १७९, जसपाको चुनाव चिन्ह छाता(अशोक राइ) ले ५६, सुर्यमुखी फुलले ५६, घन्टाघर(कुमार कार्की)ले ५३, पानीको जारले २१, लाउड स्पीकरले १२, भालेले ३, क्रस खुकुरीले ३, सेलरोटीले ३, चापाकलले २, दाप सहितको खुकुरीले २, ढाका टोपीले २, पानीको फिल्टरले ०, तिलहरीले ०, पुतलीले ०, छत्रे टोपीले ० मत ल्याएका छन्।


त्यसैगरी निर्वाचन क्षेत्र नं १ कै प्रदेश सभा (क) प्रत्यक्षको साझ ८ बजेसम्मको प्रारम्भिक मत १६०० सम्मको मत गणना गर्दा पनि राप्रपाको हलो चिन्ह नै अगाडी आएको छ। जसमा राप्रपा हलोले ७०७ मत पाएको छभने नेपाली काग्रेसको रुख ३६१,नेकपा एमालेको सुर्य १२६, लालटिन ४३, लौरोले २२, पानीको धाराले १७, हजारी चिन्हले ८, दाप सहितको खुकुरीले ७, तिरले ४, ढाका टोपीले २, जिपले २, डल्फिनले १, ब्याडमिन्टन ०,क्रस खुकुरीले ०, पङखा ० र कर्कले ० मत पाएका छन्। मतगणना कार्य अहिले पनि धमाधम जारी रहेको छ।

10 thoughts on “सुनसरी क्षेत्र नं १ को मतगणना शुरुः प्रारम्भिक चरणमा राप्रपाको हलो अगाडी

टिप्पणीहरू are closed.