धराने जनताको शुद्ध खानेपानी चाहनालाई दिर्घकालिन रुपमा सामाधान गरिने(भिडियो सहित)
दिव्य रोशनी(धरान)/ जनता साजवादी पार्टीका संघिय अध्यक्ष अशोक कुमार राईले चुनाव जिताएर पठाएमा धराने जनताको शुद्ध खानेपानी चाहनालाई दिर्घकालिन रुपमा समस्या सामाधान गर्न लागीपर्ने बताएका छन्।
सो कुरा उनले विहिवार धरानमा आयोजित अन्तिम चुनावीसभालाई सम्बोधनका क्रममा बताएका हुन्। संघिय सांसदका लागी सुनसरी क्षेत्र नं १ बाट उम्मेद्धवारी दिएका राईले आफुलाई मतदान गर्ने जनतालाई पश्चात्ताप हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे। उनले निर्वाचनमा भोट हाल्नु भनेको आफ्नो प्रतिनिधि छान्नु भएको बताउदै सयौँ पटक विचार गरेर, सोचेर मतदान गर्न सुनसरी क्षेत्र नं १ वासीलाई आग्रह समेत गरे ।

सोहीक्रममा उम्मेद्धवार राईले १ नं प्रदेश र २ नं प्रदेशका नागरिक समेतले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ सेवा प्राप्त गर्ने गरी यसको समग्र विकास गर्ने प्रतिबद्धता समेत जनाए। उनले स्थानीयले सर्वसुलभ तरिकाले उपचार पाउन सकुन् स्वस्थ जीवन बाँच्न सकुन् भन्नका लागी प्रतिष्ठानको व्यवस्थापनको सुधार र बजेटको प्रवाहमा विशेष ध्यान दिने समेत बताए।
विकास निर्माणको सन्दर्भमा सडक निर्माण सबैभन्दा महत्त्वपूर्ण कुरा रहेको बताउँदै उम्मेदवार राईले निर्वाचन क्षेत्रमा कच्ची सडक पर्याप्त भए पनि हर्दियादेखि रामधुनीसम्म र वराहक्षेत्रदेखि कालाबन्जार सम्मका सबै कच्ची सडकलाई पक्की बनाउन प्राथमिकता दिने बताए । उनले मदन भण्डारी राजमार्ग पूरा गर्ने, धरानका वरिपरिका जिल्ला र पालिकासँग धरानलाई जोड्ने र त्यहाँका कृषि उपज र सुविधा उपभोग लेनदेन गर्ने हिसाबले निर्वाचन क्षेत्रको विकास गर्ने समेत बताए।
कार्यक्रममा संघिय सांसद जय कुमार राई, नेकपा एमाले स्थायी कमिटी सदस्य गुरु बराल, प्राडा. टंक न्यौपाने, मजदुर नेता भिम ज्वाला राई, प्रदेश १ (१) का उम्मेद्धवार रमेश बस्नेत, प्रदेश १(२)का उम्मेद्धवार विजय राई लगायतले चुनावीसभालाई सम्बोधन गरेका थिए।
Pingback: 2recommendations
Pingback: sahabat kartu