आपाङ्ग पुनः स्थापना तथा असाहय सेवा केन्द्रद्धारा अति विपन्न परिवारलाई खाद्यान्न वितरण

दिव्य रोशनी(धरान)/ आपाङ्ग पुनः स्थापना तथा असाहय सेवा केन्द्र नेपाल धरानले अपाङ्ग तथा अति विपन्न परिवारलाई खाद्यान्न तथा उनिहरुका छोराछोरीहरुलाई स्टेशनरी सामान वितरण गरेको छ।
सोमवार भएको कार्यक्रममा २० जना अपाङ्ग तथा असहाय परिवारलाई खाद्यान्न तथा उनिहरुका छोराछोरीहरुलाई स्टेशनरी सामान वितरण गरिएको हो। खाद्यन्न तथा स्टेशनरी सामान लिन धरान लगायत धरान बाहिरका अपाङ्ग तथा अति विपन्न परिवारहरु आएका थिए। स्थानिय समाजसेवी अशोक अग्रवालको सहयोगमा केन्द्रले विगत २ वर्षदेखि महिनाको दुईपटक (१ र १५ गते) खाद्यान्न तथा स्टेशनरी वितरण गर्दै आएको यो ३१ औं पटक हो।


कार्यक्रममा बेलका नगरपालिका निवर्तमान मेयर दुर्गा थापा प्रमुख अतिथि रहेका थिए। उनले अपाङ्गता भएकाहरुलाई स्थानिय सरकारले गर्न नसकेको सहयोग गरेको बताए। उनले अबको विकास भौतिक निर्माणमा मात्र केन्द्रित नरही मन शान्ति र अनुहारमा क्रान्ति ल्याउने विकास हुनुपर्ने बताए। यसैगरी दलित सेवा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा केन्द्रका सदस्य रमेश गजमेरले स्थानिय सरकारको विना सहयोगमा समाजसेवीहरुबाट संकलित रकमले विपन्न तथा अपाङ्ग असाहय व्यक्तिहरुलाई खाद्यन्न तथा विद्यालय जाने उनिहरुका छोराछोरीलाई स्टेशनरी सामान प्रदान गर्दै आएको बताए। उनले अपाङ्गता भएका व्यक्तिलाई स्थानिय सरकारले हेर्ने दृष्टिकोण फरक भएको बताउदै उनिहरुका लागी राज्य विशेष अभिभावक बन्नु जरुरी भएको बताए। त्यस्तै समाजसेवी अशोक अग्रवालले मान्छे मरेर गएपछि केही पनि लिएर नजाने भएकाले जिवन रहेसम्म आफुले कमाएको केही अंश विपन्न परिवारका लागी पनि सहयोग गर्नुपर्ने बताएका थिए।
केन्द्रकी अध्यक्ष डम्बर कुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा भधारत सिलगुडीका ललिता अग्रवाल, काठमाण्डौकी सरिता अग्रवाल, रौतामाई नगरपालिकाका कुशल कार्की, केन्द्रका प्रबन्ध निर्देशक सुनिल खड्का लगायतको उपस्थिती रहेको थियो।

One thought on “आपाङ्ग पुनः स्थापना तथा असाहय सेवा केन्द्रद्धारा अति विपन्न परिवारलाई खाद्यान्न वितरण

टिप्पणीहरू are closed.