अखाद्य बस्तु मिसावट गरिएको बेसार नष्ट गरियो(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ अखाद्य बस्तु मिसावट गरिएको बेसारलाई धरान उपमहानगरपालिकाले नष्ट गरेको छ।
भदौ २ गते अनुगमनका क्रममा धरान ११ स्थित चण्डेश्वरी कुटानी पिसानी मिलमा बेसारमा चामलको खुदी मिसाएर पिस्दै गरेको फेला परेपछि उपमहानगरपालिकाबाट गएको अनुगमन टोलीले तत्काल बरामद गरेको थियो। उपमहानगरले खुदी र बेसारका १३ बोरा उपमहानगरपालिका लगेको थियो भने ४५ बोरा मिसावटयुक्त बेसार मिलमा बन्दगरी छोडेको थियो।


विहिवार मेयर हर्क साम्पाङ र उपमेयर अईन्द्र बिक्रम बेघाको उपस्थितीमा बरामद गरिएका अन्दाजी १७४८ किलो मिसावटयुक्त बेसार धरान २० स्थित नमुना टोलमा रहेको माया धराने साबुन फ्याक्ट्रिमा खाल्डो खनेर नष्ट गरिएको हो। उपमहानगरले बेसारमा अखाद्य बस्तु मिसावट गर्ने मिल संचालकलाई २ लाख रुपैया जरिवाना तिराएपछि विहिवार बरामद गरिएका मिसावट गरिएका बेसार नष्ट गरिएको उपमहानगरपालिका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाकाले बताए।

One thought on “अखाद्य बस्तु मिसावट गरिएको बेसार नष्ट गरियो(भिडियो सहित)

टिप्पणीहरू are closed.