स्व. सुवास राई स्मृति सुपर ८ लिगकम नकआउटमा धरान १७ विजयी

दिव्य रोशनी(धरान)/ स्व. सुवास राई स्मृति सुपर ८ लिगकम नकआउट अन्तर वडास्तरीय फुटबल प्रतियोगितामा धरान १७ ले जित हात पारेको छ।
धरान रंगशालामा सोमवार भएको खेलमा वडा नं १७ ले धरान वडा नं १ लाई २–१ को गोलअन्तरले पराजित गर्दै जित हात पारेको हो। जित संगैं धरान १७ को ६ अंक भएको छ। खेलमा धरान १७ का शुसिल राई र ससविन राईले १/१ गोल गरेका थिएभने धरान १ का तर्फबाट मनोज कुमार गुरुङले १ मात्र गोल गरेका थिए। खेलको म्यान अफ दि म्याच धरान १७ नं वडाका सविन राई घोषित भए। उनले नगद १ हजार ५ सय सहित मेडल र ट्रफी पाए।
प्रतियोगितामा वडास्तरीय गोधुली रनिङ कपको क्वार्टरफाइनलसम्म पुगेका टप ८ टिमको सहभागिता रहेको छ। जसमा गोधुलीका विजेता वडा १७ र उपविजेता वडा १५ सँगै वडा १, ५, ११, १४, १६ र २० पनि प्रतियोगितामा सहभागी रहेको छ।
धरान उपमहानगरपालिका आयोजना र हाम्रो धरान भेट्रान क्लब संयोजन रहेको यस प्रतियोगिता जेठ २७ गतेसम्म संचालन हुनेछ। प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख, ट्रफी पाउनेछ । यस्तै, व्यक्तिगत पुरस्कारतर्फ वेष्ट प्लेयर, हाई स्कोरर, वेष्ट डिफेन्स, वेष्ट गोलकिपर, बेष्ट मिड फिल्डरलाई नगद र ट्रफी पुरस्कार प्रदान गरिने भएको छ।
भोली मंगलवारको खेल धरान १५ र २० नं वडा बिच हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले जानकारी दिए।