दोस्रो हाम्रो धरान भेट्रान कपमा मेघा भेट्रान क्लब विजयी
दिव्य रोशनी(धरान)/ आईतवार भएको दोस्रो हाम्रो धरान भेट्रान कपमा मेघा भेट्रान क्लवले जित हात पारेकोे छ।
धरान रंगशालामा भएको खेलमा मेघा भेट्रान क्लबले राजारानी भेट्रान लाई ट्राईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो। निर्धारित समय सम्मको खेलमा मेघा भेट्रान र राजारनी भेट्रानले २/२ गोलको बराबरी खेलेका थिए। खेलमा मेघाका डिल्ली प्रसाद बास्कोटाले २ गोल गरेका थिएभने राजारानी भेट्रानका तर्फबाट सचिन राई र गुणराज राईले १/१ गोल गरेका थिए। खेलमा मेघा भेट्रानका डिल्ली प्रसाद बास्कोटा म्यान अफ दि म्याच घोषित भए। उनले नगद १ हजार ५ सय सहित मेडल र ट्रफी पाए।
हाम्रो धरान भेट्रान फुटबल क्लवको आयोजनामा शुक्रवार देखी शुरु भएको प्रतियोगितामा प्रदेश १ का १४ वटा भेट्रान टिमहरुको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार सहित मेडल र ट्रफी पाउनेछभने व्यक्तिगत पुरस्कारतर्फ वेष्ट प्लेयर, हाई स्कोरर, वेष्ट डिफेन्स, वेष्ट गोलकिपर, बेष्ट मिड फिल्डरलाई नगद र ट्रफी पुरस्कार प्रदान गरिने भएको छ।
भोली सोमबार उर्लावारी भेट्रान र बिर्तामोड भेट्रानका बीच खेल हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले जानकारी दिए।

