सुवास राई स्मृति सुपर ८ लिगः धरान १४ विजयी

दिव्य रोशनी(धरान)/ स्व. सुवास राई स्मृति सुपर ८ लिगकम नकआउट अन्तर वडास्तरीय फुटबल प्रतियोगितामा धरान १४ विजयी बनेको छ।
धरान रंगशालामा शनिवार भएको खेलमा वडा नं १४ ले धरान वडा नं २० लाई २–१ को गोलअन्तरले पराजित गर्दै विजयी बनेको हो। २ जित १ बराबरी गरेको धरान १४ को ७ अंक छ। खेलमा धरान १४ का सन्दिप राई र उकेश कुवरले १/१ गोल गरेका थिएभने धरान २० का तर्फबाट १ मात्र गोल मनोज राईले गरेका थिए। खेलको म्यान अफ दि म्याच धरान १४ का आशिष पुरी घोषित भए। उनले नगद १ हजार ५ सय सहित मेडल र ट्रफी पाए।
प्रतियोगितामा वडास्तरीय गोधुली रनिङ कपको क्वार्टरफाइनलसम्म पुगेका टप ८ टिमको सहभागिता रहेको छ। जसमा गोधुलीका विजेता वडा १७ र उपविजेता वडा १५ सँगै वडा १, ५, ११, १४, १६ र २० पनि प्रतियोगितामा सहभागी रहेको छ।
धरान उपमहानगरपालिका आयोजना र हाम्रो धरान भेट्रान क्लब संयोजन रहेको यस प्रतियोगिता जेठ २७ गतेसम्म संचालन हुनेछ। प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख, ट्रफी पाउनेछ । यस्तै, व्यक्तिगत पुरस्कारतर्फ वेष्ट प्लेयर, हाई स्कोरर, वेष्ट डिफेन्स, वेष्ट गोलकिपर, बेष्ट मिड फिल्डरलाई नगद र ट्रफी पुरस्कार प्रदान गरिने भएको छ।
भोली आईतवारको खेल धरान १७ र ५ नं वडा बिच हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले जानकारी दिए।