संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा बिहीबार सार्वजनिक बिदा

दिव्य रोशनी(धरान)/ नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।
मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ । सोमवार राति हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पु¥याइएका नेम्वाङलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए।


संविधानसभा अध्यक्ष नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए । उनी जनआन्दोलन २०६२/६३ सँगै पुर्नस्थापित संसदका सभामुख बनेका थिए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए ।

One thought on “संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा बिहीबार सार्वजनिक बिदा

टिप्पणीहरू are closed.