सुनसरी उद्योग वाणिज्य संघले निःशुल्क डेंगुको उपचार केन्द्र संचालनमा ल्याउने

दिव्य रोशनी(धरान)/ सुनसरी उद्योग वाणिज्य संघले पनि निःशुल्क डेंगुको उपचार केन्द्र संचालनमा ल्याउने भएको छ।


धरानमा डेंगुको महामारी फैलिएपछि संघले भोली (मंगलबार) देखि डेंगुका बिरामीहरुको निःशुल्क उपचार सेवा संचालनमा ल्याउन लागेको हो । संघले एसी सहितको आफ्नै हलमा डेंगु रोगीको उपचार सेवा शुरु गर्ने अध्यक्ष विजय श्रेष्ठले बताए। उनले प्रदेश स्वास्थ्य मन्त्रालयसँगको सहकार्य र धरान उपमहानगरपालिका, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, केएचडिसी र पिएसआरएनको सहयोगमा उपचार सेवा शुरु गर्न लागिएको समेत बताए।
भोली मंगलवारदेखी शुरु हुन लागेको उपचार केन्द्रमा परिचालन हुने स्वास्थ्यकर्मी तथा स्वयं सेवकहरुलाई सोमवार एक कार्यक्रमका माझ वीपी प्रतिष्ठानका शिक्षाध्यक्ष एवं वरिष्ठ चिकित्सक प्रा.डा. सञ्जिव शर्माले डेंगु रोगको उपचार कसरी गर्ने भन्नेबारे जानकारी गराएका थिए।


उपचार केन्द्रमा वडा १, २, ३, ७, ९, १२ र १६ सँग सहकार्य गरिएको र ती वडाका स्वास्थ्य स्वयमसेविकाहरु पनि परिचालन हुने संघका महासचिव महेन्द्र प्रधानले जानकारी दिए।