धरान गल्फ क्लब र खुकुरी रमबीच सम्झौता

धरान\ खुकुरी एमेच्योर ओपन गल्फ प्रतियोगिता आयोजना गर्नका लागि धरान गल्फ क्लब र द नेपाल डिस्टिलरी प्रालिबीच एक वर्षको सम्झौता भएको छ ।

आज सोमबार धरान गल्फ क्लबमा आयोजित एक कार्यक्रमका क्लबका सचिव भरत तामाङ र बीच प्रालिका एसिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । खुकुरी रमको उत्पादक प्रालिद्वारा प्रतियोगिताको टाइटल प्रायोजन गर्दै क्लबलाई एक वर्षको लागि ११ लाख रुपैया दिने सम्झौता भएको हो । उक्त रकम प्रालिले आगामी वर्षको प्रतियोगिताको लागि उपलब्ध गराउने मेनेजर प्रधानले बताए । खुकुरी रम एमेच्योर ओपन गल्फको पहिलो सँस्करण भने यही शुक्रबार र शनिबार सम्पन्न भइसकेको छ । भव्य रुपमा सम्पन्न दुई दिने प्रतियोगिताको पहिलो सँस्करणमा देशभरका ८६ जना एमेच्योर खेलाडीहरु सहभागी भएका थिए ।

मेनेजर प्रधानले पहिलो सँस्करण सफल भएको बताउँदै कम्पनीले यस प्रतियोगितालाई निरन्तरता दिन एक आगामी वर्षको सम्झौता गरिएको बताए । उनका अनुसार पत्येक वर्ष सम्झौता नविकरण गर्दै प्रतियोगितालाई निरन्तरता दिईने छ । खुकुरी रमले प्रतियोगितालाई निरन्तरता दिन सम्झौता गरेकोमा क्लबका सचिव तामाङले खुशी व्यक्त गरे।

9 thoughts on “धरान गल्फ क्लब र खुकुरी रमबीच सम्झौता

टिप्पणीहरू are closed.