१७ औ ललित अम्वर डिपो कपः
लिगामेन्ट, हिमशिखर, इमानुयल र चिल्ड्रेन स्कुल विजयी

दिव्य रोशनी(धरान)/ १७ औ ललित अम्वर डिपो कपको तेस्रो दिन भएको खेलमा धरान लिगामेन्ट, हिमशिखर तरहरा, इमानुयल र चिल्डे«न एकेडेमि विजयी भएका छन ।
तेस्रो दिन आइतवार भएको खेलमा लिगामेन्ट स्कुलले हिविकस स्कुललाई १–०, हिमशिखर तरहराले नोवेल स्कुललाई ७–०, इमानुयल स्कुलले दिल्लि पव्लिक स्कुललाई २–० र देउरालि चिल्डे«न एकेडेमिले विष्णु मेमोरियललाई २–० गोल अन्तरले पराजित गरेका छन् । पहिलो खेलमा लिगामेन्ट स्कुलका प्रज्वल गुरुङ्गले निर्णायक गोल गर्दै आप्mनो टिमलाई जित दिलाएका थिएभने दोस्रो खेलमा हिमशिखरका प्रमेश मगरले ३, रिजन चौधरी १, असिम भट्टराई १, ओसिस कार्की १ र नोवेलका रिदम लिम्वुले आत्मघाति गोल गरेका थिए ।
सोहि दिन भएको तेस्रो खेलमा इमानुयलका पोषण वुढाथोकी र विश्वास राईले गोल गरेका छन् । त्यस्तै चौथो खेलमा देउरालि चिल्डे«नका असव विकले दुवै गोल गर्दै टिमलाई जित दिलाए ।
पहिलो चरणको खेलमा हार संगै हिविकस, नोवेल, दिल्लि पव्लिक र विष्णु मेमोरियल स्कुल लेट दिलकुमार प्लेट च्याम्पियनमा प्रवेश गरेका छन्। प्रतियोगिताको पहिलो चरणमा पराजित ८ टिमले दिलवहादुर प्लेट च्याम्पियन खेल्नेछन्।
आइतवार भएको खेलको म्यान अफ द म्याच हिविकस स्कुलका गोलकिपर प्रज्ञान राई, नोवेल स्कुलका गोलकिपर समिर तामाङ्ग, दिल्लि पव्लिक स्कुलका सुयोङ्गा मिश्र र विष्णु स्कुलका महसुस पाण्डे घोषित भए। उनिहरुलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो।
मंशिर १६ गते सम्म संपन्न हुने प्रतियोगितामा सुनसरी भरिका १६ टिमले सहभागिता जनाएको छ। प्रतियोगिताका विजेताले नगद दस हजार, उपविजेताले नगद ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडि र हाइ स्कोररले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ।
यसैगरि लेट दिलवहादुर प्लेट च्याम्पियनका विजेताले नगद ३ हजार र उपविजेतालो नगद २ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
भोलि सोमवारको खेल आयोजक डिपो र इस्र्टन एकेडेमि र नेपाल पुलिस र प्रभात स्कुल विच प्रतिश्पर्धा हुने आयोजक डिपो माविले जनाएको छ।

14 thoughts on “१७ औ ललित अम्वर डिपो कपः<br>लिगामेन्ट, हिमशिखर, इमानुयल र चिल्ड्रेन स्कुल विजयी

टिप्पणीहरू are closed.