दोस्रो हाम्रो धरान भेट्रान कपः हाम्रो ईटहरी भेट्रान फाईनलमा प्रवेश

दिव्य रोशनी(धरान)/ दुधे भेट्रान झापालाई पराजित गर्दै हाम्रो ईटहरी भेट्रान धरानमा जारी दोस्रो हाम्रो धरान भेट्रान कपको फाईनलमा प्रवेश गरेको छ।
धरान रंगशालामा सोमवार भएको खेलमा दुधे भेट्रान क्लबलाई ट्राईब्रेकरमा १–० गोल अन्तरले पराजित गर्दै हाम्रो ईटहरी भेट्रान फाईनलमा प्रवेश गरेको हो। खेलमा हाम्रो ईटहरी भेट्रानका डेनिस राईले गोल गरेका थिए। उनी प्रतियोगिताको म्यान अफ दि म्याच समेत घोषित भए। उनले नगद १ हजार ५ सय सहित मेडल र ट्रफी पाए।
हाम्रो धरान भेट्रान फुटबल क्लवको आयोजनामा शुरु भएको प्रतियोगितामा प्रदेश १ का १४ वटा भेट्रान टिमहरुको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार सहित मेडल र ट्रफी पाउनेछभने व्यक्तिगत पुरस्कारतर्फ वेष्ट प्लेयर, हाई स्कोरर, वेष्ट डिफेन्स, वेष्ट गोलकिपर, बेष्ट मिड फिल्डरलाई नगद र ट्रफी पुरस्कार प्रदान गरिने भएको छ।
भोली मंगलबार दोस्रो सेमिफाईनल खेल पूर्वाञ्चल भेट्रान झापा र लखनपुर भेट्रानका बीच हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले जानकारी दिए।

5 thoughts on “दोस्रो हाम्रो धरान भेट्रान कपः हाम्रो ईटहरी भेट्रान फाईनलमा प्रवेश

टिप्पणीहरू are closed.