विश्व वातावरण दिवशमा कोशी राजमार्गको सफाई

दिव्य रोशनी(धरान)/
“प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौ, वातावरणमैत्री सामग्रीको उपयोग गरौं” भन्ने विश्व वातावरण दिवशको नारालाई सफल पार्न भेडेटारवासीले सोमवार कोशी राजमार्गमा मिल्काईएका प्लाष्टिकहरु टिपेर मनाएका छन् ।
पर्यटकिय क्षेत्र र सर्दु जलाधार क्षेत्र भित्र पर्ने धरान धनकुटे सडकमा यात्रीहरुले जथाभावी फालेका प्लाष्टिकका वोटल र झोलाहरुले नाला, जंगल ढाकिन लागेको छ त्यसैले यो वर्षको वातावरण दिवश पारेर हामीले राजमार्ग जिरो प्वईन्ट देखि भेडेटार सम्म रहेको राजमार्गको प्लाष्टिक तिन दिन सम्म टिप्ने कार्यक्रम अधि ल्याएको कुरा आयोजक संस्था वातावरण तथा पर्यटन विकाश केन्द्रका कार्य समिति सदस्य लक्ष्मी प्रधानले वताईन ।


झण्डै सय जनाको सहभागितामा भएको सफाई कार्यक्रमको पहिलो दिन विहान भेडेटार वजार देखि विगवुद्ध छेउ सम्म सफाई भएको थियो । सागुरी गढि गाउ पालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली र उपाध्यक्ष मुना राईको अगुवाईमा भएको सो सफाई कार्यक्रममा स्थानिय आमा समुह,होटल एशोसियसनका पदाधिकारी, व्यापारी नेपाल आर्मी,प्रहरीका जवानहरु सामुदायिक वनका पदाधिकारीहरु,आदिवासी जनजाती महासंघका प्रतिनिधी, किरात राई यायोख्खा भेडेटारका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । सफाईवाट ५० वोरा प्लाष्टिकजन्य फोहोरहरु संकलन भएको कुरा सागुरीगढि गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोज कुमार ठाकुरले वताए । सफाई पछि स्थानिय शंख पार्कमा भएको एक औपचारीक कार्यक्रममा धरानका ४ जना कवाड सामानका व्यापारी र ७ जना कवाड सामान संकलकहरुलाई टिक अविर खादा लगाएर अध्यक्ष रुम्दाली र उपाध्यक्ष राईले सम्मान गरेका थिए । उनीहरुलाई सम्मान गर्ने कार्यक्रम ल्याउने वातावरण तथा पर्यटन विकाश केन्द्र (सेड नेपाल) का अध्यक्ष आनन्द श्रेष्ठले हाम्रो शहर वजारलाई कवाडखान हुनवाट वचाउने अनि फोहोरलाई मोहरमा रुपान्तरण गरेर धेरैलाई रोजगार श्रृजना गर्ने, सरकारलाई राजस्व तिर्ने महत्वपुर्ण भुमीका निभाउने कवाड सामानका व्यापारीहरु र संकलनहरुलाई अव समाजले ईज्जत सम्मान गर्नु पर्ने वताए । उनले विश्वको वातावरण सफा राख्ने कार्यमा कवाड व्यवसायिहरुको महत्वपुर्ण भूमीका रहेकोले उनीहरुलाई सम्मान गर्न आजको दिन देखि धरान भेडेटारका मानिसहरुले शुरुआत गर्न यो कार्यक्रम राखेको वताए ।
सो कार्यक्रममा वोल्दै धरानमा २५ वर्ष देखि कवाडको व्यवसाय गर्दै आएका व्यापारी त्रिपुरादि प्रसाद जैसवालले आफुहरुले शहरको पुराना सामानहरुलाई किनेर सरकारलाई राजस्व तिर्ने र धेरेै लाई रोजगारी दिदै आएको तर हालै धरान उपमहानगरपालिकाले आफुहरुलाई फोहोरी भन्दै खेदाउन लागेकोमा दुख लागेको वताए ।
भेडेटार पर्यटक क्षेत्र भएकोले यहा वाट निस्कने फोहोर मैलाहरुलाई व्यवस्थापन गर्न आफुलाई अप्ठायारो परीरहेको वेला धरानका कवाड व्यवसायिहरुलाई सम्मान गरी उनीहरुवाट सुझाव लिन पाउदा आफुलाई खुसी लागेको वताउदै राजमार्गको सफाई कार्यक्रमलाई निरन्तरता दिने वचन दिएका थिए ।


सेड नेपालको आयोजना र पर्यटन ,वन तथा वातावरण मन्त्रालय प्रदेश नं १ को सहयोगमा संचालित सो सफाई कार्यक्रममा पहिलो दिन विभिन्न सामाजिक संघ संस्थाहरु सहभागि रहे पनि दोश्रो र तेश्रो दिन भने कवाड सामानहरु संकलन गर्दै हिडने युृवालाई पारीश्रमिक दिएर खटाईने कुरा सेडका सदस्य विशाल भण्डारीले वताए । सोहि दिन विहान धरान उपमहानगर पालिकाले आयोजना गरेको वातावरण दिवशको रयालीमा पनि सेडका पदाधिकारी तथा कवाड व्यापारीहरुले सहभागिता जनाएका थिए ।

2 thoughts on “विश्व वातावरण दिवशमा कोशी राजमार्गको सफाई

टिप्पणीहरू are closed.