धरानमा खानेपानीको दीगो व्यावस्थापनका लागी एमाले जसपा तालमेलका उम्मेद्धारलाई जिताउन ओलीको आग्रह(भिडीयो सहित)
दिव्य रोशनी(धरान)/ नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले धरानमा खानेपानीको दीगो व्यावस्थापनका लागी एमाले जसपा तालमेलका उम्मेद्धारलाई जिताउनुपर्ने बताएका छन्।
सो कुरा उनले शुक्रवार धरानमा भएको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा बताएका हुन्। पार्टी अध्यक्ष ओलीले धरानको प्रमुख समस्याको रुपमा रहेको खानेपानीलाई दिर्घकालिन समाधान गर्न एमाले जसपाका उम्मेद्धवारलाई जिताएपछि बन्ने एमालेको सरकारले धरानमा खानेपानीको समस्या हल गर्ने बताए। उनले धरानको खानेपानीको दीगो व्यवस्थापनका लागि तीन वटा अवसरहरु रहेको बताउदै कोशी नदीमा पम्पिङ गर्ने, तमोरबाट लिफ्टीङ गर्ने र मेलम्चीजस्तो भूमिगत सुरुङ निर्माण गरी खानेपानीको दीगो व्यवस्थापन गर्ने बताए। उनले भने “ ‘पम्पिङ गरेर कोशीबाट पानी ल्याएर एमालेले धरानमा पानी खुवाउँछ, तपाईंहरु ढुक्क हुनुहोस्, नगरको बजेटले सम्भावना छैन, धरानको खानेपानी र विकास निर्माणका लागि राष्ट्रिय योजना, राष्ट्रिय बजेट चाहिन्छ, नेकपा एमालेको सरकार चाहिन्छ”।

सोहीक्रममा अध्यक्ष ओलीले पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकाहरुलाई एमालेका मतदाताले भोट नदिने पनि प्रष्ट पारे। उनले एमालेबाट बागी उम्मेदवारी दिएका उम्मेद्धारप्रति लक्षित गर्दै पार्टीले अन्तमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्न कार्यकर्ताहरुमा अनुरोध समेत गरे। उनले पार्टी कार्यकर्तालाई मतपेटीकाको रक्षा गर्न र मतदातालाई मतदान शिक्षा दिन निर्देशन समेत दिए। नाममा चलखेल गरिरहेकोले जनता चनाखो हुनुपर्ने समेत बताउनुभयो ।
Pingback: How to get psychedelic mushrooms online Oregon