लिम्बु विद्यार्थी दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनद्धारा १४ बुँदे विजयपुर घोषणा पत्र जारी

लिम्बु विद्यार्थी दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनले १४ बुँदे विजयपुर घोषणा पत्र जारी गरेको छ।
यही चैत्र ६ गतेखी १० गतेसम्म धरानको चुम्लुङ हिममा आयोजित सम्मेलनले समापनका अवसरमा विजयपुर घोषणापत्र जारी गरेको हो। आज आईतवार विजयपुर घोषणापत्र जारी गर्दै लिम्बु विद्यार्थी मञ्च, नेपालका अध्यक्ष नितेश सिङगकले लिम्बुवान पहिचान नामेट गर्ने प्रदेशको नाम कोशी खारेज गरी ऐतिहासिक पहिचानका आधारमा आत्मनिर्णयको अधिकार र स्वशासनसहितको स्वायत्त लिम्बुवान नामाकरण गर्न महासम्मेलनले जोडदार माग गरेको बताए। उनले नेपालको पूर्वी भेगमा लामो समयदेखि चलिरहेको लिम्वुवान आन्दोलनप्रति संसारभरका याक्थुङ/लिम्बू विद्यार्थी र समुदायको तर्फबाट ऐक्यबद्धता प्रकट गरेको समेत बताए।


यसैगरी पत्रकार सम्मेलनमा वितरित घोषणापत्रमा याक्थुङ÷लिम्बु भाषालाई प्रदेश नं १ मा कामकाजी भाषाको रुपमा लागू गर्न प्रदेश सरकारसमक्ष जोडदार माग गरिएको छभने मुन्धुमी स्थल मुक्कुमलुङ लाई याक्थुङ/लिम्बू समुदायले पवित्रस्थल घोषणा गरिसकेको हुँदा सो स्थानमा केबुलकार निर्माणको कार्य तत्कालै रोक्न नेपाल सरकार र सम्बन्धित पक्षसमक्ष जोडदार माग गरेको छ।
यसैगरी घोषणापत्रमा याक्थुङ÷लिम्बू समुदायको सांस्कृतिक, पुरातात्विक एवं मुन्धुमी स्थलहरुको संरक्षण, सम्बद्र्धन गर्न स्थानिय, प्रदेश, राष्ट्रिय एवं विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने , लिम्बू बसोबास भएका मुलुकहरुमा याक्थुङ लिम्बु भाषामा मुन्धुमी परम्परागत ज्ञान, सीप समेटिएको व्यावहारिक, वैज्ञानिक औपचारिक शिक्षाका निम्ति उच्च तहसम्म पहल गर्ने,याक्थुङ समुदायसंग सम्बन्धित बौद्धिक, सांस्कृक्तिक, खाद्य तथा पेय पदार्थ लगायतका सम्पत्तिहरुको प्रतिलिपि अधिकार सुरक्षा गर्न संयुक्त राष्ट्रसघको साँस्कृतिक निकाय यूनेस्को लगायत राष्ट्रिय रुपमा दर्ताका लागि पहल गर्ने, लिम्बुवान लगायतका याक्थुङ÷लिम्बूको ऐतिहासिक थातथलोका अप्रभंशित स्थान नामहरु याक्थुङ/लिम्बु भाषामै नामकरण गराउन पहल गर्ने, याक्थुङ/लिम्बु विद्यार्थीहरुलाई राजनीति, प्रशासन, शिक्षा र उद्यमशीलताको क्षेत्रमा प्रवेशका निम्ति प्रोत्साहित गर्न अभिमुखीकरण र जनचेतना विस्तार गर्ने, याक्थुङ/लिम्बुहरुको मुन्धुम तथा भाषा लिपि साहित्यको वृद्धि विकास गर्दै पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरी पठनपाठन गर्न जोडदार पहल गरिने, प्रथाजनीत कानूनलाई अन्तरदेशिय एकरुपता प्रदान गर्न प्रतिवद्धता व्यक्त गरेको छ। त्यस्तै आगामी पाँच वर्षभित्र लिम्बु विद्यार्थीहरुको तेस्रो अन्तर्राष्ट्रिय महासम्मेलन आयोजना गर्ने, लिम्बू विद्यार्थीहरुको स्थापना दिवस चैत ६ गतेलाई प्रत्येक वर्ष याक्थुङ/लिम्बु विद्यार्थी दिवस मनाउने समेत घोषणापत्रमा जनाईएको छ।
“अस्तित्वको लागि एकता” भन्ने मुल नाराका साथ सम्पन्न ५ दिने अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न देशमा रहेका लिम्बू विद्यार्थी बिज्ञहरुले विभिन्न बिधाहरुमा लिम्बुभाषाको इतिहास र लिपिको बिकासक्रम, मातृभाषामा उच्च शिक्षा, मुन्धुमी तथा एतिहासिक चर्चा, लिम्बुवान आन्दोलन तथा वर्तमान पहिचानको आन्दोलन लगायतको बिषयमा आ–आफ्ना कार्ययोजना, सल्लाह सुझाव, पहिचानको आन्दोलनमा भाबी रणनीति सम्बन्धि विषयगत कार्यपत्र प्रस्तुत गरेको थियो।