स्व. सुवास राई स्मृति सुपर ८ लिगः धरान १७, ११, १६ र १५ सेमिफाईनलमा प्रवेश

दिव्य रोशनी(धरान)/ स्व. सुवास राई स्मृति सुपर ८ लिगकम नकआउट अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको सेमिफाईनलमा धरान १७, ११, १६ र १५ प्रवेश गरेको छ।
धरान रंगशालामा सोमवार भएको लिगको अन्तिम खेलमा वडा नं १६ ले धरान १५ लाई २–१ को गोलअन्तरले पराजित गरेको छ। शतप्रतिशत जित निकालेको १६ नं वडाले ९ अंक बटुल्टै समूह “बि” को विजेता बनेको छ। यसैगरी खेलमा पराजित भएपनि १६ नं वडा ५ अंक बटुल्दै समूह “बि” बाटै उपविजेता बन्न सफल भएको छ। खेलमा धरान १६ का मन्दिप बस्नेतले एक्लैले २ गोल गरेका थिएभने धरान १५ का तर्फबाट १ मात्र गोल सुगम जिमीले गरेका थिए। खेलको म्यान अफ दि म्याच धरान १६ का शैलेन्द्र नेपाल घोषित भए। उनले नगद १ हजार ५ सय सहित मेडल र ट्रफी पाए।
यसैगरी समूह “ए” बाट शतप्रतिशत जित निकालेको १७ नं वडाले ९ अंक बटुल्टै समूह “ए” को विजेता बनेको छभने ११ नं वडाले पनि ६ अंक बटुल्दै उपविजेता बनिसकेको छ। बुधवार हुने प्रतियोगिताको पहिलो सेमिफाईनल खेल समूह “ए” का विजेता धरान १७ र समूह “बि” का उपविजेता धरान १५ का बिच हुने म्याच कमिस्नर ईन्द्र थापा मगरले जानकारी दिए।
धरान उपमहानगरपालिका आयोजना र हाम्रो धरान भेट्रान क्लब संयोजन रहेको यस प्रतियोगिताको फाईनल जेठ २७ गते हुनेछ। प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख, ट्रफी पाउनेछ। यस्तै, व्यक्तिगत पुरस्कारतर्फ वेष्ट प्लेयर, हाई स्कोरर, वेष्ट डिफेन्स, वेष्ट गोलकिपर, बेष्ट मिड फिल्डरलाई नगद र ट्रफी पुरस्कार प्रदान गरिने आयोजक क्लवका अध्यक्ष अशोक राईले बताए।