धरान भेट्रान सेमिफाईनलमा प्रवेश

दिव्य रोशनी(धरान)/ पूर्वाञ्चल भेट्रानलाई ट्राईब्रेकरमा पराजित गर्दै धरान भेट्रान धरानमा जारी दोस्रो हाम्रो धरान भेट्रान कपको सेमिफाईनलमा प्रवेश गरेको छ।
धरान रंगशालामा आईतवार भएको खेलमा पूर्वाञ्चल भेट्रान क्लबलाई ट्राईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै विजयी बनेको हो। खेलको निर्धारित समयसम्म दुबैटिमबाट २/२ गोलको बराबरी भएपछि खेलको निर्णय ट्राईब्रेकरबाट लिईएको थियो। जसमा धरान भेट्रानले नतिजा आफ्नो हातमा पारेको थियो। खेलमा धरान भेट्रानका राज कुमार घिसिङ म्यान अफ दि म्याच घोषित भए। उनले नगद १ हजार ५ सय सहित मेडल र ट्रफी पाए।
हाम्रो धरान भेट्रान फुटबल क्लवको आयोजनामा शुरु भएको प्रतियोगितामा प्रदेश १ का १४ वटा भेट्रान टिमहरुको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार सहित मेडल र ट्रफी पाउनेछभने व्यक्तिगत पुरस्कारतर्फ वेष्ट प्लेयर, हाई स्कोरर, वेष्ट डिफेन्स, वेष्ट गोलकिपर, बेष्ट मिड फिल्डरलाई नगद र ट्रफी पुरस्कार प्रदान गरिने भएको छ।
आज सोमबार पहिलो सेमिफाईनल खोल दुधे भेट्रान झापा र हाम्रो ईटहरी भेट्रानका बीच हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले जानकारी दिए।