स्व.सुवास राई स्मृति सुपर ८ लिगः धरान १७ विजयी

दिव्य रोशनी(धरान)/ धरानमा जारी स्व. सुवास राई स्मृति सुपर ८ लिगकम नकआउट फुटबल प्रतियोगितामा आईतवार भएको खेलमा धरान १७ विजयी बनेको छ।
धरान १६ स्थित रंगशालामा भएको खेलमा वडा नं १७ धरान वडा नं ५ लाई ३–१ गोल अन्तरले पराजित गरको हो। खेलको म्यान अफ दि म्याच धरान १७ का शुसिल राई घोषित भए। उनले नगद १ हजार ५ सय सहित मेडल र ट्रफी पाए।
प्रतियोगितामा वडास्तरीय गोधुली रनिङ कपको क्वार्टरफाइनलसम्म पुगेका टप ८ टिमहरु वडा नं १७, वडा नं १५ सँगै वडा १, ५, ११, १४, १६ र २० नं वडाको सहभागीता रहेको छ ।
धरान उपमहानगरपालिका आयोजना र हाम्रो धरान भेट्रान क्लब संयोजन रहेको यस प्रतियोगिता जेठ २७ गतेसम्म संचालन हुनेछ। प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख, ट्रफी पाउनेछ । यस्तै, व्यक्तिगत पुरस्कारतर्फ वेष्ट प्लेयर, हाई स्कोरर, वेष्ट डिफेन्स, वेष्ट गोलकिपर, बेष्ट मिड फिल्डरलाई नगद र ट्रफी पुरस्कार प्रदान गरिने भएको छ।
आज सोमबार लिगको अन्तिमखेल वडा नं १५ र वडा नं १६ का बीच खेल हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले जानकारी दिए।

One thought on “स्व.सुवास राई स्मृति सुपर ८ लिगः धरान १७ विजयी

टिप्पणीहरू are closed.