२४ औं गोधुली फुटबल रनिङ कपः धरान ५ क्वाटर फाईनलमा (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ २४ औं गोधुली फुटबल रनिङ कप अन्तर्गत आज विहिवार भएको खेलमा धरान ५ ले धरान १९ लाई २–१ गोलले हराउदै क्वाटर फाईनल प्रवेश गरेको छ।
धरान रंगशालामा भएको खेलमा धरान ५ का तिल बिक्रम लावतीले खेलको ३३ औं मिनेटमा र प्रितम लिम्बुले ४४ औं मिनेटमा गोल गरेका थिएभने धरान १९ का तर्फबाट प्रनिश राईले खेलको ३१ औं मिनेटमा एकमात्र गोल गरेका थिए। प्रतियोगिताको म्यान अफ दि म्याच धरान ५ का प्रितम लिम्बु घोषित भए। उनले नगद १५ सय सहित मेडल प्राप्त गरे।


प्रतियोगिता अन्तर्गत भोली शुक्रवारको खेल धरान १४ र १२ नं वडाका बिच हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले जानकारी दिए।


माघ २७ गतेसम्म संचालन हुने प्रतियोगितामा धरानका १८ वटा वडाको मात्र सहभागिता रहेको छ। प्रतियोगितामा बिजेताले नगद १ लाख ५० हजार रुपैया सहित रनिङ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन्भने उपबिजेताले नगद ७५ हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन। पुरस्कार राशिमा धरान १८ का वडाध्यक्ष प्रबिण राईका पिता ध्यान बहादुर राईले बिजेता र उपबिजेतालाई थप २५/२५ हजार प्रदान गर्ने क्लबले जनाएको छ।
यस्तै बिधागत पुरस्कार तर्फ बेस्ट प्लेयरले नगद १५ हजार, हाइस्कोरले ७ हजार ५ सय प्राप्त गर्नेछन्भने बेस्ट डिफेन्डर, बेस्ट गोलकिपर, बेस्ट कोच, बेस्ट स्टाइकर, राइजिङ प्लेयर, बेस्ट मिड फिल्डर र म्यान अफ दि म्याचले जनही ५ हजार ५ सय प्राप्त गर्ने आयोजक गोधुली क्लवका उपाध्यक्ष सतिस केसीले बताए।