आयोजक हाम्रो धरान भेट्रानलाई हराउदै दुधे झापा भेट्रान क्लब विजयी

दिव्य रोशनी(धरान)/ दोस्रो हाम्रो धरान भेट्रान कप अन्तर्गत शनिवार भएको खेलमा दुधे झापा भेट्रान क्लब विजयी बनेकोे छ।
धरान रंगशालामा भएको खेलमा आयोजक हाम्रो धरान भेट्रान क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै विजयी बनेको हो। खेलको निर्धारित समयसम्म दुबैटिमबाट १/१ गोलको बराबरी भएपछि खेलको निर्णय ट्राईब्रेकरबाट लिईएको थियो। जसमा दुधे झापाले नतिजा आफ्नो हातमा पारेको थियो। खेलमा दुधे भेट्रानका मोहन तामाङ म्यान अफ दि म्याच घोषित भए। उनले नगद १ हजार ५ सय सहित मेडल र ट्रफी पाए।
हाम्रो धरान भेट्रान फुटबल क्लवको आयोजनामा शुरु भएको प्रतियोगितामा प्रदेश १ का १४ वटा भेट्रान टिमहरुको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार सहित मेडल र ट्रफी पाउनेछभने व्यक्तिगत पुरस्कारतर्फ वेष्ट प्लेयर, हाई स्कोरर, वेष्ट डिफेन्स, वेष्ट गोलकिपर, बेष्ट मिड फिल्डरलाई नगद र ट्रफी पुरस्कार प्रदान गरिने भएको छ।
भोली आईतबार धरान भेट्रान र पूर्वाञ्चल भेट्रानका बीच खेल हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले जानकारी दिए।

One thought on “आयोजक हाम्रो धरान भेट्रानलाई हराउदै दुधे झापा भेट्रान क्लब विजयी

टिप्पणीहरू are closed.