एनआरटी बुढासुब्बा गोल्डकपको फाईनलमाः काँकडभिट्टा ट्राईब्रेकरमा पराजित

दिव्य रोशनी(धरान)/ एनआरटी फुटबल क्लब काठमाण्डौ धरानमा जारी २४ औं अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको फाईनलमा पुगेको छ।
विहिवार धरान रंगशालामा भएको अन्तिम सेमिफाईनल खेलमा एनआरटी फुटबल क्लव काठमाण्डौले काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई ट्राईब्रेकरमा ५–४ गोल अन्तरले पराजित बुढासुब्बा गोल्डकपको फाईनलमा पुगेको हो। खेलमा एनआरटीका तर्फबाट सरोज तामाङ, जय गुरुङ, शिशिर लेखी, मोहित गुरुङ र सनम लिम्बुले गोल गरेका थिए। यसैगरी काँकडभिट्टा फुटबल टे«ेनिङ सेन्टरका तर्फबाट विमल घर्ती मगर, अभिशेषक गुरुङ, देवेन्द्र तामाङ र दिवस उराँवले मात्र गोल गरेका थिएभने विशाल घलानको प्रहार एनआरटीका गोलकिपर देवेन भुजेलले रोकेका थिए। गोल किपर देवेन भुजेल पेनाल्टीका लागी खेलको अन्तिम समय ३० सेकेण्ड बाँकी रहदा मात्र मैदान प्रवेश गरेका थिए। खेलको म्यान अफ दि म्याच एनआरटीका सरोज तामाङ घोषित भए। उनले नगद १० हजार सहित मेडल, टिसर्ट तथा ट्रफी प्राप्त गरे।


निर्धारित समय सम्म दुबैतर्फबाट १–१ गोलभएपछि खेलको निर्णय ट्राईब्रेकरबाट लिईएको थियो। जसमा काँकडभिट्टाका जिवन गुरुङको फ्रि–किक लाई सदुपयोग गर्दै फोडा फोफेले ४४ औं मिनेटमा हेड मार्फत सुन्दर गोल गरेका थिए। यसैगरी एनआरटीका सरोज तामाङले पहिलो हाफको ईन्जुरी समय ४७ औं मिनेटमा फ्रि–किक मार्फत सानदार गोल गर्दै खेललाई बराबरीमा ल्याईपुर्याएका थिए।


निकै नै प्रतिस्पर्धात्मक भएको खेलमा काँकडभिट्टाले गोल गर्ने अवसरहरु थुप्रै पटक गुमाएको थियो। अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएपनि काँकडभिट्टाले खेलमा थप गोल गर्न सकेन। प्रतियोगिताको फाईनल खेल शनिवार एनआरटी क्लव काठमाण्डौ र मोरङ फुटबल ट्रेनिङ सेन्टर मोरङका बिच हुनेछ। फाईनलमा पुगेको मोरङले बुधवार आयोजक धरान फुटबल क्लवलाई ट्राईब्रकेरमा पराजित गर्दै फाईनलमा पुगेको थियो।
प्रतियोगिताको विजेता टिमले नगद १० लाखको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्भने उपविजेता टिमले नगद ५ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक धरान फुटबल क्लवका महासचिव नविन राईले बताए।