फेसन डिजाईन तालिम सम्पन्न

दिव्य रोशनी (धरान)/ घरेलु तथा साना उद्योग कार्यालय ईटहरीले धरानमा ४५ दिने एडभान्स फेसन डिजाईन तालिम सम्पन्न गरेको छ।
गत फागुन २७ गतेदेखी बैशाख १४ गतेसम्म भएको तालिमको समापन बिहिवार धरान ७ स्थित डिप्लोमा हेण्डिक्राफ्टको तालिम सेन्टरमा समापन भएको थियो। कार्यक्रममा प्रमुख अतिथी धरान ७ न.ं वडाका वडाअध्यक्ष जीवनराज सुवेदी प्रमुख अतिथी रहेका थिए। उनले आवश्यक परेको बेला प्रशिक्षकहरुलाई रोजगारका लागी सिफारिस गरिदिने समेत बताए।
यसैगरी कार्यक्रमका विशेष अतिथी अपाङ्ग पुर्नथापना तथा असहाय सेवा केन्द्र नेपालका संस्थापक अध्यक्ष सुनिल खड्काले तालिममा सहभागी प्रशिक्षार्थीहरुको उज्ज्वल भविष्यको कामना गरेका थिए। यसैगरी कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय ईटहरीका प्रमुख हरि प्रसाद लामिछानेले व्यवसाय शुरु गरेपछि प्रविधिका लागी प्रशिक्षार्थीहरुलाई सिलाई मेसिन प्रदान गरिने बताए। उनले प्रशिक्षकहरुलाई विभिन्न स्थानहरुमा प्रशिक्षणका लागी सिफारिस गरिदिने समेत बताए।
४५ दिने तालिममा धरानभरीका २० जना महिला प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो। जसमा आर्थिक अवस्था कमजोर भएका र फरक क्षमता भएका महिलाहरुको सहभागिता रहेको थियो। उनीहरुलाई अहिलेको आवश्यक्तालाई मध्यनजर गरी वान पिस ड्रेस, लेहेंंगा चोली, किर्ज पाईन्ट, पुल सर्ट, सारी ब्लाउज, चौबन्दी चोली, स्कुल ड्रेस र कोट सिलाउने प्रशिक्षण दिलाएको डिप्लोमा हेण्डिक्राफ्टका संचालिका पूर्ण कुमारी श्रेष्ठले बताईन्।उनका अनुसार प्रशिक्षार्थीहरुलाई प्रशिक्षक मेनुका श्रेष्ठले प्रशिक्षण दिएका थिए। (दिव्य रोशनी साप्ताहिकबाट)