धरान १० किमी. रनमा दिपक र राजपुरा प्रथम

दिव्य रोशनी(धरान)/ धरान १० के. रनको ११ औं संस्करण शनिवार धरानमा सम्पन्न भएको छ।
प्रतियोगितामा पुरुष खुल्लातर्फ पाँचथरका दिपक सुहाङ र महिला तर्फ काठमाण्डौकी राजपुरा प्रछाईले जितिन्। प्रयिोगितामा सुहाङले ३२ः०५ मा १० किमी दौड पुरा गरेका थिएभने प्रछाईले ३७ः३६ मिनेटमा दौड पुरा गरिन्।


यसैगरी पुरुष तर्फ गजिन्द्र राईले ३२ः२४, मा दुरी पार गर्दै दोस्रो भएभने क्यामरुनका सिमिओन किप्लागाटले ३३ः१३ मा दुरी पारगर्दै तेस्रो भए। त्यसतै महिला तर्फ पूर्ण लक्ष्मी न्यौपानेले ४०ः२८ मिनेटमा निर्धारित दुरी पार गरिन्भने आशा राउतले ४२ः२७ मा दुरी पार गरिन्। खुल्ला तर्फका महिला पुरुष विजेताहरु पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद ६० हजार, ४० हजार र ३० हजार पुरस्कार प्रदान गरिएको थियो।


यसैगरी प्रतियोगितामा अण्डर १६ पुरुष तर्फ विगल आङ्देम्बे लिम्बूले ३६ः४८ मिनेटमा दुरी पार गर्दै पहिलो भएभने प्रविण राई ३९ः५१ मिनेटमा दुरी पार गर्दै दोस्रो र करण लिम्बूले ३०ः५० मिनेटमा मिनेटमा दुरी पार गर्दै तेस्रो भए । त्यस्तै महिला तर्फ नानी तामाङले ५१ः३४ मिनेटमा दुरी पार गर्दै पहिलो बनिन्भने कुशुम राई ५१ः४४ मिनेटमा दुरी पार गर्दै दोस्रो र सुना सिद्धिकीले ५९ः३७ मिनेटमा दुरी पार गर्दै तेस्रो भइन्।


त्यस्तै अण्डर १२ पुरुष तर्फ योगेश पिठाकोटे मगर पहिलो, आयुष राई दोस्रो र एलन खनाल तेस्रो भएभने महिला तर्फ विनिता राई पहिलो, जुही राई दोस्रो र युना पालुङ्वा तेस्रो भए । त्यस्तै भेट्रान पुरुष तर्फ धर्म महर्जन पहिलो, निमेश क्षेत्री दोस्रो र पदम महतो तेस्रो भए। भेट्रान महिला तर्फ जमुना लिम्बू पहिलो, छिरिङ लामु भुटिया दोस्रो र सर्मिला राई तेस्रो भए । उनीहरुलाई क्रमश ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरिएको थियो।
त्यस्तै गरी ४५ः५५ मिनेटमा दौड पुरा गरेका कृष्ण तामाङलाई सुपर भेट्रान विजयी घोषित गरिएको थियो । त्यस्तै ३४ः५५ मिनेटमा दुरी पार गरेका किरण लिम्बू र ४२ः४६ मिनेटमा दुरी पार गरेकी छेन्वीमाया राईलाई स्थानीय विजेता भनेर घोषित गरिएको थियो। यसका साथै धरान रनमा ह्वीलचेयर रेशको पनि आयोजना गरिएको थियो। । विजेताहरुलाई धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, नायक दयाहाङ राई लगायतले पुरस्कार प्रदान गरेका थिए। प्रतियोगिता अघि गोर्खा बिग्रेड ब्याण्डले आमफ्नो प्रस्तुती समेत दिएको थियो। यस पटकको धरान रनको ११ औं संकरणमा ३५ सय भन्दा बढी धरान रनमा सहभागिता जनाएको र नेपालमा नै पहिलो पटक धावक धाविकाहरुलाई टाईमिङ चिप लगाएर समय मापन गरिएको धरान रन समूहले जनाएको छ।


धरान समूहले यसअघि ३१ मिनेटमा धरान १० किमी रन पुरा गर्ने पहिलो खेलाडीलाई लण्डन म्याराथुनमा निःशुल्क पठाउने व्यवस्था गरेपनि निर्धारित समय भन्दा ढिलो गरी दौड पुरा गरेकाले यसवर्ष धरान रनबाट कोहीपनि दौडका लागि लण्डनमा सहभागिता नजनाउने पक्का भएको छ।
पुरस्कार वितरण कार्यक्रममा धरान उप–महानगरपालिकाका मेयर हर्कराज राईले सेफ सन्तोष साहलाई ढुंगाको शिलौटा प्रदान गरेका थिए। कार्यक्रममा विभिन्न व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो। समूहले धरान रनबाट संकलित रकम नेवा च्यारिटी अन्तर्गत रहेको नेवा एजुकेशन फण्डबाट विद्यार्थीहरुलाई छात्रवृत्ति अन्तर्गत १२ जना विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्री कापी कलम, जाडोको पोसाक समेत वितरण गर्दै आएको छ।(दिव्य रोशनी साप्ताहिकबाट)

10 thoughts on “धरान १० किमी. रनमा दिपक र राजपुरा प्रथम

टिप्पणीहरू are closed.