नारी दिवसको अवसरमा सुम्निमा चाइल्ड क्लव द्धारा पुनस्थापना केन्द्रका वालवालिकालाई दिवा खाजा

११४ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सुम्निमा चाइल्ड क्लवले पुनस्थापना केन्द्रका वालवालिकालाई दिवा खाजा खुवाएका छन ।
धरान ८ स्थित सुम्निमा सेकेन्डरी स्कुलका विद्यार्थीहरुको क्लव सुम्निमा चाइल्ड क्लवले धरान १ स्थित पुनस्थापना केन्द्रका वालवालिकालाई शुक्रवार खाजा खुवाएका हुन । उनिहरुले पुनस्थापना केन्द्रका २६ जना वालवालिकालाई खाजा खुवाएका हुन । ११४ औ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर विद्यार्थी वालवालिकालाई व्यावहारिक ज्ञान दिनका लागि प्रत्यक्ष रुपमा उनिहरुलाई नै सहभागि गराइ आजको कार्यक्रम आयोजना गरिएको सुम्निमा स्कुलका क्लव संयोजक एवं शिक्षिक नम्रता तामाङ जानकारी गराईन । उनिहरुले आजको कार्यक्रमका लागि आप्mनो टिफिन खर्च वाट वचाएको रकम र शिक्षक शिक्षिकहरुवाट आर्थिक संकलन गरि संपन्न गरिएको शिक्षिका तामाङले वताइन । क्लवको स्थपना २०७६ सालमा भए पनि उनिहरुले अहिले सम्म विद्यालय भित्र मात्र विभिन्न अतिरिक्त क्रियाकलापको अयाोजना गर्दै आइरहेका थिए । विद्यालय वाहिर यो हाम्रो पहिलो कार्यक्रम रहेको सुम्निमा चाइल्ड क्लवका अध्यक्ष आस्था राईले वताइन । क्लवमा १३ सदस्यीय कार्यसमिति रहेको उनले वताइन । २०३९ सालमा स्थापना भएको सुम्निमा स्कुलमा नर्सरि देखि १० कक्षा सम्म अध्यपन भइरहेको छ । कार्यक्रममा पुनस्थापना केन्द्रका भिमकुमार राईले चाइल्ड क्लवलाई रचनात्मक कार्य रहेको वताउदै खाजाका लागि धन्यवाद दिएका थिए ।