राष्ट्रिय प्रतियोगितामा सहभागि हुन जाने धरान बास्केटवल टिमको विदाई

यहि फागुन २८ गते देखि काठमाण्डौमा हुन लागेको थ्री बाई थ्री महिला पुरुष राष्ट्रिय प्रतियोगितामा सहभागि हुन लागेका धरानका बास्केटवल खेलाडिहरुलाई शुक्रवार विदाइ गरेको छ ।
सुनसरीको प्रतिनिधित्व गर्दै गर्दै धरान वाट पुरुष टिमले सहभागिता जनाउने भएको छ । शुक्रवार धरान बास्केटवल टिमका ५ जनाको टोलिलाई विदाई गरिएको थियो । उनिहरुलाई वुद्धचोक स्थित एमसि क्याफेमा बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले खदा लगाएर विदाइ गरेका थिए । धरान बास्केटवल टिमले नेपाल बास्केटवल संघका केन्द्रिय सदस्य रोशन राईको नेतृत्वमा कविन मगर, सर्वोधन राई, सुजन राई र रियोन राजवंशिले सहभाागिता जनाउनेछ । टिमका लागि धरान १० न. वडाका वडाध्यक्ष एवं सुनसरी बास्केटवल संघका उपाध्यक्ष विवेक राईले जर्सी प्रदान गरेको छ । नेपाल बास्केटवल संघको आयोजनामा आयोजित महिला पुरुष ओपन राष्ट्रिय प्रतियोगितामा धरान वाट पुरुष टिमले मात्र सहभागिता जनाएका हुन । प्रतियोगितामा पुरुष तर्फ ४० र महिला तर्फ ८ टिमले सहभागिता जनाएको छ । प्रतियोगितामा राष्ट्रिय अन्तराराष्ट्रिय टिम तथा खेलाडिहरुको सहभागिता रहेको छ ।