विहिवार थप ४९२८ जनामा कोरोना संक्रमण पुष्टिः ३५ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा विहिवार थप ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा ४८३१जना र एन्टिजेन परीक्षणमा ९७ जना गरी ४ हजार ९ सय २८ जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ८ सय ८८ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ८० हजार १ सय ६७ पुगेको छ।
यसैगरी यसैगरी पछिल्लो पटक थप मृतक ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ३ हजार २ सय ४६ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.