धरानमा कोरोना रोकथाम तथा नियन्त्रणमा कडाई गरिने

दिव्य रोशनी (धरान)/ धरानमा काठमाडौं उपत्यका, नेपालगञ्ज, विरगञ्जलगायत भारतबाट आउने व्यक्तिहरुलाई थप कडाई गर्ने भएको छ ।
आज धरान उपमहानगरका नगर प्रमुख तिलक राईको अध्यक्षतामा सरोकारवालासँग बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि यस्तो निर्णय गरेको हो।
स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले काठमाडौं उपत्यका, नेपालगञ्ज, विरगञ्जलगायत भारतबाट आउने व्यक्तिहरुलाई जाँच पनि गर्ने, सचेत पनि गर्ने, मास्कको प्रयोग अनिवार्य छ कि छैन र दुरी कायम गराउने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यका, नेपालगञ्ज, विरगञ्ज लगायत भारतबाट धरान आएका व्यक्तिहरुलाई कम्तिमा पनि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ। यस्तै, तिनकुने नाकामा हेल्थ डेस्क राख्ने, सचेतनामुलक जिंगल बजाउने, सन्देशमुलक सुचनाहरु प्रवाह गरिनेछ ।
यसैगरी उप–महानगरपालिकाले ज्वरो आएको, शंकास्पद अर्थात प्रभावित क्षेत्रबाट आएका व्यक्तिहरुलाई कोभिड लागेको छ छैन भनी एन्टिजेन टेस्ट गरीने र धरानको भानुचौकमा सचेतनामुलक पम्प्लेटहरु बाड्ने र जिंगल बजाउने निर्णय गरिएको छभने यातायातको सवालमा सेनिटाईजरको प्रयोग गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने र व्यवस्थित गरिने निर्णय भएको छ।
बैठकमा इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, नगर प्रहरी, सुनसरी उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाईटी, नेपाल स्काउट, यातायात व्यवसायी संघ, यातायात मजुदर संघका प्रतिनिधि लगायत महाशाखा प्रमुखहरुको उपस्थिति रहेको थियो।

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *