कोरोना परिक्षण घटाएपछि संक्रमितको संख्या घट्योः शनिवार थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि, ११६ को मृत्यु

(दिव्य रोशनी)/ कोरोना परिक्षण घटाएपछि नेपालमा कोरोना संक्रमितको संख्यापनि घटेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ८७ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ६ हजार ८० जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ४ लाख ३४ हजार ७ सय ५० पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ७ हजार १ सय ६३ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

73 thoughts on “कोरोना परिक्षण घटाएपछि संक्रमितको संख्या घट्योः शनिवार थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि, ११६ को मृत्यु

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *