शेर्गेमा बुद्धमूर्ति प्रतिस्थापन र गुम्बा निर्माण
दिव्य रोशनी(धरान)/ धरानः २८५९ औं सोनाम ल्होछारको अवसर पारेर धरान उपमहानगरपालिका वडा नं. ४ स्थित तामाङ नाम्सा शेर्गेमा बुद्धमूर्ति प्रतिष्ठापन र गुम्बा निर्माण गरिएको छ ।
तामाङहरुको मात्र बस्ती रहेको शेर्गेमा पहिलो पटक बुद्धमूर्ति प्रतिष्ठापन र ट्रष्टको गुम्वा निर्माण गरिएको हो । नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले तामाङको संयोजकत्वमा सम्पन्न भएको बुद्धमूर्ति निर्माण, प्रतिष्ठापन र गुम्बा निर्माण कार्यको समुद्घाटन प्रमुख अतिथि समेत रहेका नेपाल तामाङ घेदुङका वरिष्ठ केन्द्रीय उपाध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय उप–महासचिव रामकृष्ण ब्लोन तामाङले गरेका थिए।

२८५९ औं सोनाम ल्होछार शुभकामना आदान–प्रदान तथा बुद्धमूर्ति प्रतिष्ठापन समारोहको आयोजना गरी गरिएको कार्यक्रममा प्रदेश नं. १ का नवनिर्वाचित प्रदेशसभा सदस्य ममता योञ्जन तामाङ, धरान ४ न. वडाका सदस्य मिना घिसिङ तामाङ र जग्गादाता श्रमिान÷श्रीमती रामबहादुर घिसिङ र फुलमाया योञ्जन तामाङलाई सम्मान समेत गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि रामकृष्ण ब्लोन तामाङ, घेदुङका १ नं. प्रदेश अध्यक्ष रेखबहादुर घिसिङ र कार्यक्रम सयोजक सुजेन्द्र गोले तामाङले सम्मान(पत्र र खदाले सम्मान गरेका थिए ।
कार्यक्रमका वीच टंक घिसिङको अध्यक्षतामा तामाङ नाम्सा शेर्गे गाउं सुधार समिति समेत गठन गरिएको छ । समितिको उपाध्यक्षमा तारा बहादुर घिसिङ, सचिवमा सुमन घिसिङ, कोषाध्यक्षमा फुलमाया योञ्जन सदस्यहरुमा रामबहादुर घिसिङ, मिठु घिसिङ, मनिकुमारी तामाङ र सल्लाहकारमा विर्खबहादुर घिसिङ रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि रामकृष्ण ब्लोन तामाङ, प्रदेशसभा सदस्य मा. ममता योञ्जन तामाङ, नेपाल तामाङ घेदुङका १ नं. प्रदेश अध्यक्ष रेखबहादुर घिसिङ, पूर्व १ नं. प्रदेश अध्यक्ष तथा प्रमुख सल्लाहकार मित्रसेन योञ्जन तामाङ, तामाङ पत्रकार संघका पर्व १ नं. प्रदेश अध्यक्ष तथा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का १ नं. प्रदेश अध्यक्ष सन्तवीर लामा, नेपाल तामाङ घेदुङ सुनसरी उपाध्यक्ष पृथ्वीराज मोक्तान, कतार घेदुङका पूर्व अध्यक्ष एवम् प्रमुख सल्लाहकार योगेन्द्र ल्हो तामाङ, घिसिङ समाजका नेता ध्रुव घिसिङ तामाङ लगायतले वक्ताहरुले सोनाम ल्होछारको महत्व, बौद्ध धर्मको संरक्षण तथा तामाङ पहिचान, अस्तित्व र अधिकारका बारेमा जोड दिएका थिए ।
कार्यक्रमको सञ्चालन नेपाल तामाङ घेदुङका सुनसरी सचिव मंगलसिंह मोक्तान तामाङले गरेका थिए भने स्वागत मन्तव्य वडा सदस्य मिना घिसिङ तामाङले गरेकी थिइन्।
Pingback: horren draai kiepraam
Pingback: Buy penis envy mushrooms
Pingback: pg168
Pingback: mega slot สล็อตได้เงินจริง