नेपाल मगर संघ धरानद्वारा सार ल्हेसमा विविध कार्यक्रम

दिव्य रोशनी (धरान)/नेपाल मगर संघ धरान नगर समितिको आयोजनामा मगर जातिको महान चाँड सार ल्हेस २०७९ को अवसरमा माघ १ गते “सार ल्हेस २०७९“ कार्यक्रम सम्पन्न गरेका छ।

कार्यक्रमका प्रमुख अतिथी प्रदेश न.ं १ का माननीय प्रदेश सभा सदस्य एवम प्रदेश नं. १ का पूर्व कृषि, भुमी तथा सहकारी मन्त्री राम बहादुर राना मगरले माघे सक्रान्ति मगर जातिहरुको ऐतिहासिकताको चाँड भएको बताउँदै भाषा हराउँदै गएको अवस्थामा यस चाँडले नयाँ पुस्तालाई पुस्तान्तरण गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए।


कार्यक्रममा प्रदेश न.ं १ का माननीय प्रदेश सभा सदस्य ममता योन्जन मगर र नेपाल आदिवासी जनजाति महासंघ धरानका अध्यक्ष सुवासचन्द्र हुक्पा चोङ्वाङ विशेष अतिथी रहेका थिए।
कार्यक्रममा कुर्सी घुमाइ, रुमाल लुकाई लगायतका प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो।
सोही कार्यक्रमबीच छैटौं अन्तराष्ट्रिय कराते च्याम्पियनसीप २०२२ सिनियरतर्फका स्वर्ण पदक बिजेता अशेष लुङेली मगर, महिला (१५ वर्ष मुनिका) फुटबल साफ च्याम्पियन २०२२ का मुख्य प्रशिक्षक भगवती राना मगर, वाईवाई डान्सिङ स्टार २०२२ सिजन १ का फष्ट रनरअप नियती राना मगरलाई सम्मान गरिएको थियो।

कार्यक्रममा कलाकार मनोज थापा मगर र गंगा बरदानको सांगीतिक प्रस्तुति रहेको थियोभने नेपाल मगर सांस्कृतिक संघ, नेवाःदेय दवु धरान र समीर बराईली समेतले नृत्य प्रस्तुत गरेका थिए।


धरान १० स्थित सैनिक भवन परिसरमा आयोजित सो कार्यक्रम अध्यक्ष चित्र थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो।

12 thoughts on “नेपाल मगर संघ धरानद्वारा सार ल्हेसमा विविध कार्यक्रम

टिप्पणीहरू are closed.