धरान मेघा वार्षिक खेलकुद सप्ताह सुरु

धरान १२ स्थित धरान मेघा हिमालयन कलेजको ११ कक्षा देखि व्याचलर लेवल सम्मको वार्षिक खेलकुद कार्यक्रम मंगलवार देखि सुरु भएको छ ।
धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्वुको अध्यक्षतामा मंगलवार देखि चेस खेल वाट खेलकुद कार्यक्रम उद्घाटन भएको छ । चेस खेलमा महिला र पुरुष दुवै गरेर १६ जना विद्यार्थीहरुले सहभागिता जनाएका छन । खेलकुद कार्यक्रममा चेस संगै बास्केटवल, फुटसल, व्याडमिन्टन, टेवलटेनिस र भलिवल खेल हुने कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी गराए ।
विद्यार्थीलाई शिक्षा संगै अतिरिक्त क्रियाकलापको समेत आवश्यक रहेको हुनाले शिक्षा र अतिरिक्त क्रियाकलापलाई कलेजले महत्वका साथ संगसंगै अघि वढाउने अध्यक्ष लिम्वुले वताए । कलेजले अतिरिक्त क्रियाकलाप र अध्यनमा उत्कृष्ट करिव एक सय विद्यार्थीहरुलाई छात्रवृत प्रदान गरि अध्यपन गराइ रहेको समेत उनले वताए ।
    कलेजमा ११ कक्षा देखि व्याचलर लेवर सम्म एक हजार विद्यार्थीले अध्यन गरिरहेको छ । इच्छुक विद्यार्थीहरुलाई खेलकुद कार्यक्रममा सहभागिताका लागि एकहप्ता अघि देखि खुला गरिएको थियो । करिव चार सय विद्यार्थीले सहभागिता जनाउने, अध्यक्ष लिम्वुले जनाए
     प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडिहरुलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले वताए ।