न्यु जनकल्याणकारीको १७ औं वार्षिक साधारण सभा सम्पन्न

दिव्य रोशनी(धरान)/ न्यु जनकल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
शुक्रवार धरानको लांघाली सामुदायिक वनको सभाहलमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष मन कुमारी याक्खाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकि थिईन्। उनले यस आर्थिक वर्ष २०७८/०७९ मा संसथाले १५ करोड २४ लाख ५० हजार ८ सय १६ रुपैयाको कारोबार गर्न सफल भएको बताईन्। अध्यक्ष याखाका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा संस्थाले ५ करोड ३२ लाख ३२ हजार ५ सय ६५ रुपैया निक्षेप संकलन गरिएका छभने ५ करोड १२ लाख ४ हजार ८ रुपैया निषेप फिर्ता गरिएको छ। यसैगरी संस्थाले शेयर बिक्री गरेर ७ लाख ३२ हजारको शेयर बिक्री गरेको छभने २ लाख ७९ हजारको शेयर फिर्ता समेत गरेको छ। त्यस्तै २ करोड ४१ लाख ९० हजार ५ सय ऋण लगानी गरेको छभने २ करोड २६ हजार ८३ हजार ७ सय ४३ रुपैया ऋण असुली समेत गरेको जनाएको छ।
संस्थाले आफ्नो संस्थापनाकालमा कुल शेयर पुजी ३ लाख ३२ हजारबाट शुरु गरी ४४ लाख ८२ हजार ४ सय ९३ रुपैयाँ वार्षिक कारोवार गरेकोमा आर्थिक वर्ष २०७८/०७९ सम्म आईपुग्दा आर्थिक संकटको अवस्थामा आईपुग्दापनि १५ करोड २४ लाख ५० हजार ८ सय १६ रुपैयाँको कारोबार गर्न सफल हुनु संस्थाको सबल पक्ष रहेको जनाएको छ। त्यस्तै आ.व. २०७८/०७९ मा मा संस्थाले ३२ लाख ७० हजारको शेयर बिक्री गर्ने लक्ष्य लिईएतापनि ७ लाख ३२ हजारमा बिक्री गर्न सकेकाले लक्ष्यसम्म पुग्न यस आर्थिक वर्ष २०७९/०८० मा पनि शेयर बिक्री खुल्ला राखेको जनाएको छ।
यसैगरी संस्थाले आफ्नो शेयर सदस्यहरको हितलाई ध्यानमा राखी मनि ट्रान्सफर सेवा, शेयर सदस्य सुरक्षण कोष र शेयर सदस्य दुर्घटना कोष संचालनमा रहेको जनाएको छ।
कार्यक्रममा जिल्ला सहकारी संघ लि. सुनसरीका उपाध्यक्ष दिनेश श्रेष्ठ प्रमुख अतिथी रहेका थिए। उनले धरानमा एकअर्काको देखासिकीका कारण सहकारी खोल्ने लहडले सहकारीहरु फस्टाउन नसकेको बताए। उनले सहाकरीका संचालकहरुले शेयर सदस्यहरुलाई सहकारी सम्बन्धि शिक्षा र मासिक रुपमा संस्थाका बारेमा जानकारी गराएमा संस्थामा सानातिना समस्याहरु नआउने बताए।
संथाका उपाध्यक्ष चन्द्रमाया लिम्बुद्धार स्वागत मन्तव्य व्यक्त गरिएको सो कार्यक्रम अध्यक्ष मन कुमारी याखाको अध्यक्षतामा सम्पन्न भएको थियो।(दिव्य रोशनी साप्ताहिकबाट)

13 thoughts on “न्यु जनकल्याणकारीको १७ औं वार्षिक साधारण सभा सम्पन्न

टिप्पणीहरू are closed.