विहिवार थप २७६० जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

(दिव्य रोशनी)/ नेपालमा विहिवार थप २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या पिसीआर परिक्षणबाट ६ लाख ४० हजार ६ सय ६२ र एन्टिजेन परिक्षणबाट ३५ हजार ८ सय ४७ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ४ हजार १७ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ६ लाख १ सय ४९ पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ९ हजार १ सय ४५ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.